बेशिसहर चामे सडक अन्र्तगत च्याम्चे नजिकै जिप दुर्घटना चालकको मृत्यु ।

नेगम परियार
श्रावण ९ मनाङ

हिमाली जिल्ला मनाङ र लम्जुङ बेशिसहर सडकमार्ग अन्र्तगत लम्जुङको च्याम्चे नजिकै बेशिसहर चामे चल्दै आएको एक जीप दुर्घटना भएको छ । जीप दुर्घटनामा चालको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए ।

लमजुङको मस्र्याङदी गाउँपालिका ४ च्याम्चेमा जीप दुर्घटना भएको हो । ग १ ज ६७८६ नम्बरको बोलेरो जीप च्याम्चेको सडकबाट करिब २ सय मिटर तल खसेको जिल्ला प्रहरी कार्यालय चामे मनाङका प्रहरी नायब उपरिक्षक टिका बहादुर कार्कीले बताए कार्कीका अनुसार लम्जुङ र मनाङको सिमाना म्यार्दीखोलाबाट जगत तर्फ आउदै गरेको बोलेरो जीप गत बुधबार राति ११ बजेतिर मस्र्याङदी नदीमा खसेको स्थानीयबासीहरुले बताए ।

जीप सडकको बायाँ पटिको भाग भासिन गई सडकबाट २०० मिटर तल मस्याङदी नदीमा खसेको हो । जीपचालक ब्यास नगरपालिका १० निवासी अन्दाजी ३०÷३५ बर्षका धन बहादुर आचार्याको घटना स्थलमै मृत्यु भएको प्रहरी चौकी तालका प्रहरी सहायक निरिक्षक केशब राज पोखरेलले जानकारी दिए । घटनाको जानकारी हुन साथ प्रहरी चौकीको ४ जनाको टोली घटनास्थल तर्फ गई सबको पहिचान तथा खबर गरिएको पोखरेलले बताए ।

बिहिबार बिहान मालबाहाक ट्रक तलबाट मनाङ तर्फ आउने क्रममा ट्रक सोहि स्थानमा फसेपछि बल्लमात्र दुर्घटनामा परेको बोलेरो जीप एक बृद्घ मानिसले देखे पछि प्रहरी चौकी ताललाई र स्थानियबासीहरुलाई खबर गरी हेर्न जादा बेशिसहर मनाङ बोलेरो जीप चालक माल गुरुको नामबाट परिचित धन बहादुर आर्चाय भएको अन्य ट्रक चालक योगेश तामाङले बताए ।

उक्त बोलेरो जीपमा अन्य यात्रु नभएको र चालक मात्रै भएको समेत घटनास्थलमा पुगेका प्रहरी चौकी तालका प्रहरी सहायक निरिक्षक केशब राज पोखरेलले जानकारी दिए । बिहिबार ३ बजेतिरमात्र सबको पोसमाटमको लागी लम्जुङ पठाईएको पोखरेलले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker