लमजुङमा बाढीमा परी हराएका मध्ये ३ जनाको शब भेटियाे, पहिचान खुल्न बाँकी अरू ११ बेपत्ता

रविन्द्र कंडेल
श्रावण —८
लगातारको बर्षासंगै देशभर जनधनको क्षति भइरहेको बेला आजै दिउँसो करीब ३ बजेतिर आएको बाढीका कारण ३ जनाको ज्यान जानुका साथै ११ जना वेपत्ता भएका छन् ।
दोर्दी खोलामा एक्कासी बाढी आउँदा सो स्थानमा सञ्चालित दोर्दी हाइड्रोपावरमा कार्यरत कर्मचारी तथा कामदारहरु बगाएको लिवर्टी हाइड्रो इनर्जी कम्मनीमा कार्यरत महादेवराज पन्तले जानकारी दिनुभयो । उहाँका अनुसार अहिलेसम्ममा माछापुच्छे« कम्पनीका ४ जना, बज्र गुरु कम्पनीका १ जना र रियल स्ट्रक्चर कम्पनीका ६ जना करी ११ जना कामदार सम्पर्कबिहिन भएका छन् ।
हालसम्म नौथर शेरामा २ जना र किर्तीपुर बेसीमा १ जना गरी ३ जनाका शव भेटिएकोमा कसैको पनि सनाखत हुन नसकेको लमजुङका प्रहरी नायब उपरीक्षक रविन्द्रमान गुरुङले जानकारी दिनुभयो ।
बाढीका कारण हाइड्रोपावरमा क्षति पुगेको छ भने अन्य हराइरहेकाहरुको खोजीमा नेपाली सेना, प्रहरी एवं स्थानीय हरु खटिएको लिवर्टी हाइड्रो इनर्जीका पन्तले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker