व्यास नगरपालिकाको रानिगाँउ जग्गा विकास कार्यक्रममा स्थानियहरुको विरोध

मदन तिमल्सेना, तनहूँ
२०७६ साउन ४ गते

व्यास नगरपालिकाको सकृयतामा व्यास नगरपालिका वडा नंं ११ को रानिगाँउमा गर्न लागिएको रानिगाँउ जग्गा विकास कार्यक्रमको विरोधमा स्थानियस्तरबाट संघर्ष समिति गठन गरिएको थियो । श्रावण १ बुधवार गतेका दिन रानिगाउ टोल बिकास संस्था र शिब मन्दिर टोल बिकास संस्थामा रहेका सदस्यहरुले एक भेला गरि आफ्नो क्षेत्रमा नगरपालिकाबाट गर्न लागिएको रानिगाँउ जग्गा विकास कार्यक्रम लागु गर्न नदिने प्रतिवद्धता जनाएका थिए , उक्त प्रतिवद्धतालाई वडा तथा नगरपालिकामा जानकारी दिनको लागि शनिवार संघर्ष समितिको बैठक बसेको थियो उक्त बैठकमा संघर्ष समितिका पदाधिकारीहरुका साथै, वडा नं. ११ का अध्यक्ष निरबहादुर खड्का र स्थानियहरुको सहभागिता रहेको थियो । उक्त भेलाले व्यास नगरपालिकाले उक्त क्षेत्रमा गर्ने लागिएको कार्यक्रम रानिगाँउ जग्गा विकास कार्यक्रम स्थगित गर्नको लागि वडा कार्यालय तथा नगरपालिका कार्यालयमा संघर्ष समितिका निर्णयहरु पठाउने निर्णय गरेको संघर्ष समितिका अध्यक्ष तोयानाथ पौडेलले बताउनुभएको छ ।
रानिगाउ टोल बिकास संस्था र शिब मन्दिर टोल बिकास संस्थाका सदस्यहरु जम्मा भएर निर्माण गरेको निर्णयलाई वडा र नगरपालिकाले पनि स्विकार गर्ने वहाँहरुले विश्वास व्यक्त गर्नुभएको छ साथै उक्त संघर्ष समितिले आउदा दिनहरुमा यसक्षेत्रमा विकास निर्माणको सवालमा पनि अगाडि बढाउनको लागि वडा तथा नगरपालिका कार्यालयले पहल गर्ने विश्वास पनि व्यक्त गरेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker