पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व। ०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम काेे पूर्ण पाठ

उप प्रमुख ज्यू,
सम्पूर्ण नगरसभा सदस्ययूहरु,
कर्मचारी पत्रकार लगायत सभामा उपस्थित सम्पूर्ण महानुभावहरु ,

नेपालको ईतिहासमा राजनीतिक, सामाजिक, सांस्कृतिक, शैक्षिक, पुरातात्विक
र पर्यटकीय दृष्टिले महत्वपूर्ण गोरखा जिल्लाको यस पालुङटार नगरपालिकाको
गरिमामय पांचौ वार्षिक नगरसभामा उपस्थित सम्पूर्ण महानुभावहरुलाई
हृदयदेखि नै आभार व्यक्त गर्न चाहन्छु । समाजको तत्कालीन स्वरुप र शासकीय
प्रबन्धलाई परिवर्तन गरि समयको माग र सार्बभौम जनताको चाहना सम्मत
राजनीतिक सामाजिक प्रणाली स्थापनाका लागि भएका सबै खाले
आन्दोलनहरुमा ज्यान गुमाएका ज्ञात अज्ञात वीर शहिद हरुप्रति यस
नगरसभाको तर्फवाट भावपूर्ण श्रद्धाञ्जली अर्पण गर्न चाहन्छु । लामो समयदेखि
निर्वाचित जन प्रतिनिधिबिहिन रहेका तत्कालीन स्थानीय निकायहरु स्थानीय
सरकारको स्वरुप मा जनतावाट निर्वाचित जनप्रतिनिधि हरुवाट संचालन हुन
थालेको पनि दुई वर्ष पूरा भैसकेको छ । यस अबधि मा आगामी
आ।व।०७६र०७७ को लागि यस नगरपालिकाको नगर कार्यपालिका तथा सम्पूर्ण
समिति लगायतलाई नीतिगत मार्गनिर्देश गर्ने यस नगरसभामा आ।व। ०७६र७७
का लागि प्रस्तावित नीति, कार्यक्रम र बजेट प्रस्तुत गर्न पाउंदा गौरवान्वित
महशुष गरेकोछु र नगर सभाका सम्पूर्ण सदस्यज्यूहरुमा हार्दिक आभार प्रकट
गर्दछु ।
निर्वाचित जन प्रतिनिधिहरुले यस नगरपालिकाको कार्य संचालन जिम्मेवारी
प्राप्त गरि सार्वभौम नगरवासीहरुका आवस्यकताहरुको सम्बोधन गर्न थालेको दुई

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

द्द
वर्षको अनुभवको आधारमा हाम्रो कार्यकालको मध्यावधी समिक्षा गर्नु पर्ने वेला
समेत भैसकेको छ । लामो समयसम्म जन प्रतिनिधिबिहिन अवस्थामा संचालन
भएका स्थानीय निकायहरुको सर्वोपरि सकारात्मक परिवर्तन र विकासका लागि
जग वसाल्ने काम निश्चय नै कठिन र समयलाग्ने खालको हुन्थ्यो नै तर पनि दुई
वर्षको यस अवधिमा पालुङटार नगरपालिका संचालनका आधारभुत कानूनि
दस्तावेजहरुको निर्माण गर्ने काम भएको छ । शिक्षा, स्वास्थ्य, भौतिक पूर्वाधार,
आर्थिक रसामाजिक विकासका क्षेत्रमा केहि सकारात्मक परिबर्तनको सुरुवात
भएकोछ । राजनीतिक परिवर्तन पछिको बढ्दो जन अपेक्षा र यस
नगरपालिकाको सिमित श्रोत साधनका वीचमा सामञ्जश्यता कायम गरि
दीर्घकालीन रुपमा पर्याप्त, प्रभावकारी र प्रणालिबद्ध सेवा प्रवाहको सुनिश्चितता
गर्नु पर्ने गुरुत्तर जिम्मेवारि हामि सबैको कांधमा रहेको छ । यस अवस्थामा सवै
खाले अग्रहर पूर्बाग्रहवाट मुक्त भै समृद्ध पालुङटार निर्माणको लागि हामि सबैको
आ(आफ्नो तहवाट ईमान्दारीपूर्ण प्रयास नै आम नगरवासीको अपेक्षा हुन आएको
छ ।

यस नगरपालिकाको आ।व। ०७६र०७७ को लागि वार्षिक नीति, कार्यक्रम र
बजेट प्रस्तुत गरिरहंदा चालु आ।व। ०७५र०७६ को हालसम्मको सामान्य
समिक्षा गरिन आवश्यक ठान्दछू । चालु आ।व। मा पनि बिगत जस्तै पूंजिगत
खर्चको प्रगति सामान्य रुपमा सन्तोषजनक रहेपनि यसमा थप सुधारको जरुरी
छ । राजश्व संकलन प्रक्षेपणको तुलनामा राम्रो रहेको भएपनि करको
आधारहरुमा बृद्धि गरि कम्तिमा चालु खर्चको आकार र आन्तरिक आयको
आकार वराबरीमा पुर्याउन सक्ने गरी कर आधारमा बढोत्तरि गर्नुपर्ने देखिन्छ ।
भौतिक पूर्वाधार तर्फ बजेट बिनियिजन गर्दा अझैपनि साना साना प्रकृतिका
कार्यक्रम छनौट गरी दीर्घकालीन प्रतिफल दिने प्रकृतिका योजनामा बजेटको
ध्यान कम पुगेको भान हुन गएको छ । समयमै आयोजनाको प्राबिधिक प्रतिवेदन
तयार नहुनु, सममयै उपभोक्ता समिति तयार गरी सम्झौता हुन नसक्नु, उपभोक्ता

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम


समितिवाट व्यहोर्नु पर्ने लागत सहभागिता जुटाउन कठिनाई हुनु, उपभोक्ता
समितिले आफै जिम्मेवारी पाएको काम वाट बिमुख भै अप्रत्यक्ष रुपमा अर्को
पक्षलाई कामको जिम्मा दिनु, समयमा निर्माण सामग्रि उपलब्ध नहुनु, अनुगमन
समिति चुस्त दुरुस्त भै गुणस्तरको अनुगमनमा समस्या रहनु जस्ता कमी
कमजोरीहरु कार्य संचालनको क्रममा देखिएका छन ।
आगामी आ।व। २०७६र०७७ को लागि प्रस्तावित नीति, कार्यक्रम तथा बजेट
तर्जुमा गर्दा नेपालको संविधानमा उल्लेखित राज्यका नीति निर्देशक सिद्धान्त,
नागरिकका मौलिक हक र दायित्व, स्थानीय सरकारका कार्यक्षेत्र भित्र रहेका
एकल र साझा अधिकारका विषयहरु, नेपाल सरकारको चौधौं योजना र यसका
प्राथमिकताहरु, स्थानीय सरकार संचालन ऐनमा व्यवस्था गरिएका
प्रावधानहरु, संघीय सरकारवाट प्राप्त हुने सवै प्रकारका अनुदान र नीतिगत
मार्गदर्शनहरु,प्रदेश सरकारवाट प्राप्त हुने अनुदान र बजेट तर्जुमाका आधारहरु,
यस नगरपालिकाको आन्तरिक आय र प्राथमिकताका क्षेत्रहरु, नगरवासीका
चाहना र संभावनाहरुलाई आधार मानि तयार गरिएको छ । नीति कार्यक्रम र
बजेटको प्रभावकारि कार्यान्वयन गर्न सक्ने संस्थागत प्रबन्ध, वित्तीय पारदर्शिता र
सुशासन, प्रभावकारी सेवा प्रवाह प्रणाली, कार्यक्रमहरुको आबधिक अनुगमन र
मूल्यांकन, लक्षित बर्ग विकास कार्यक्रम, नगरपालिकालाई दीर्घकालसम्म
प्रतिफल दिने खालका आयोजनाहरुको निर्माण जस्ता पक्षहरुमा बिशेष ध्यान
दिनु जरुरि देखिन्छ । नगरपालिकाले प्राप्त गर्ने निसर्त अनुदानको ठूलो हिस्सा
वार्डस्तरीय कार्यक्रममा विनियोजन हुने हुंदा वार्डस्तरवाट विनियोजन हुने बजेट
समेत गुणस्तरीय आयोजनाका लागि बिनियोजन हुनुपर्ने टडकारो आवश्यकता छ
। गत वर्षदेखि नै स(साना योजनामा रकम छर्ने परम्परागत प्रबृत्तिको अन्त्य गर्ने
हामि सबैको सामुहिक प्रतिबद्धताले केहि सुधारका संकेत देखिएता पनि पूर्ण
सन्तोष गर्नु पर्ने ठाउं देखिंदैन । यस आ।व। देखि पूर्ण रुपमा यस तर्फ अनुभुत गर्ने
सक्ने गरी सुधारको जरुरी छ ।

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

द्ध
अव म यस नगरपालिकाले बिभिन्न क्षेत्रहरुमा अवलम्बन गर्ने क्षेत्रगत
नीति, प्राथमिकता तथा कार्यक्रम उल्लेख गर्न चाहन्छु ।
ज्ञ० भौतिक पूर्बाधार विकास तर्फ स्(पर्याप्त र व्यवस्थित शहरी पुर्वाधारविना
प्रभावकारी सेवा प्रवाहको परिकल्पना गर्न सकिंदैन । यस नगरपालिकाको
कूल बजेटमा भौतिक पूर्वाधार विकासको उल्लेख्य स्थान रहेको छ । गत
आ।व। मा उल्लेख भएझैं यस आ।व। मा पनि भौतिक पूर्वाधार विकासको
निश्चित आधारहरु तय गरेर अगाडि बढ्ने व्वस्था मिलाईने छ । साना
आयोजनामा रकम छर्ने, जनताको जीवनस्तरमा दीघ्रकालीन रुपमा प्रभाव
नपारि तत्काललाई खूशि तुल्याउने प्रकृतिका कार्यक्रमहरुलाई पूर्णतया
रोक लगाईने छ । नगरपालिकालाई दीर्घकालमा प्रतिफल दिने प्रकृतिका
आयोजनाहरु जस्तै बुउद्देश्यीय व्यापारिक भवन निर्माण, नगरपालिकाको
अनुदान र समन्वयमा पर्यटन पूर्वाधार निर्माण, बसपार्कको निमार्ण र
संचालन, लिगलिगकोटमा उपयुक्त आकारको दृश्वालोकन केन्द्रको निर्माण
र संचालन, हाटबजार केन्द्रको संचालन, बसपार्क निर्माण र संचालन
व्ववस्थित वस्ति विकासको कार्यक्रम,फोहोरमैला प्रशोधन केन्द्रको निर्माण
तथा संचालन जस्ता आयोजना लाई प्राथमिकताका साथ अगाडि
बढाईनेछ । यस नगरपालिकाको प्रशासनिक भवन यसै आ।व। मा निर्माण
सम्पन्न गरि नयां भवनवाट सेवा प्रवाह गर्न सकिने व्यवस्था मिलाईनेछ ।
सवै वार्ड कार्यालयहरु आफ्नै भवनवाट सेवा प्रवाह गर्ने कार्य यसै आ।व।
मा सम्पन्न हुनेगरि व्ववस्था मिलाईनेछ । नयां निर्माण भएका
कार्यालयहरुलाई भौतिक पुर्वाधारको पर्याप्त व्यवस्था सहित सेवा
प्रवाहलाई सरल र सहज बनाईनेछ ।
चालु आ।व। मा जस्तै आगामी आ।व। ०७६र०७७। मा पनि कच्ची सडकको
नयां ट्रयाक खोल्ने कार्यलाई बन्द गर्ने नीति लिईने छ । यस आ।व। मा

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम


नगरपालिका केन्द्र देखि वार्ड कार्यालय जोडने सडकलाई सवै मौसममा
चल्न सक्ने गरि संचालनमा ल्याईनेछ । नगरपालिकाको फोहोरमैला
संकलन तथा प्रशोधनका लागि प्रशोधन केन्द्रको निर्माण कार्य यसै आ।व।
मा सम्पन्न गरिने छ । बसपार्क निर्माणको डि।पी।आर तयार भै ठेक्काको
चरणमा रहेकोले बहुवर्षीय ठेक्का प्रणाली अन्तरगतको निर्माण कार्य यसै
आ।व। को पहिले चौमासिकमै शुरु हुने व्यवस्था मिलाईने छ । गत वर्षको
बजेटमा व्ववस्था भै केहि प्राबिधिक कारण शुरु हुन नसेकेको बहुउद्देश्यीय
व्यापारिक केन्द्र निर्माणको कार्य नगर विकास कोष संगको अनुदान र ऋण
सहयोगमा संचालन गरिने छ । प्रदेश सरकारवाट बिनियोजित रु। एक
करोड र यस नगरपालिकाको समेत लागत सहभागितामा पालुङटार(५
थोत्राडिहिमा ब्ववस्थित खेल मैदान निर्माण गरि संचालनमा ल्याईने छ ।
पालुङटारको चिनारीमाको रुपमा रहेका महत्वपूर्ण पर्यटकीय क्षेत्रहरु
लिगलिकोट, कोतगढी, र भुलभुलेखारको विकास पुर्बाधार विकास,
संरक्षण र प्रबर्धनको लागि प्रदेश सरकारवाट बिनियोजित बजेट संगको
सहलगानीमा कार्यक्रम संचालन गरिनेछ । लिगलिकोटमा नेपाली सेना
संगको सहकार्मा व्यवस्थित सिढिं निर्माणको कार्य आगामी आ।ब। मा
सम्पन्न गरिनेछ । बिद्युतिकरणको लागि नेपाल सरकार तथा बैकल्पिक
उर्जा प्रबर्धन केन्द्र समेतको साझेदारीमा कार्यक्रम संचालनमा ल्याईनेछ ।
सवै प्रकारका काठका पोलहरुलाई विस्थापीत गरि राष्ट्रिय ग्रिडको प्रसारण
लाईन मार्फत विद्युत उपलब्धताको विश्वसनीय संरचना निर्माण गरिनेछ ।
यस नगरपालिकाले निर्माण गरेका सामरिक सडकहरुलाई कालोपत्रे गर्ने
तर्फ बिशेष जोड दिईनेछ । यसका लागि नेपाल सरकारका सम्बन्धित
निकाय, सडक बोर्ड लगायतवाट प्राप्त हुने अनुदानमा साझेदारी गर्ने नीति
अवलम्बन गरिनेछ । जनताले स्व(स्फुर्त सहभागिता जुटाई माग गर्ने सडक
कालोपत्र गर्ने कार्यलाई पहिलो प्राथमिकता साथ नगरपालिकावाट
साझेदारी गर्ने नीति लिईनेछ । चालु आ।व। मा जग्गा खरिद गरिसकिएको

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम


पा।न।पा। ९ मा प्रस्तावित चिस्यान केन्द्र निर्माणको डि।पी।आर। तयार
गरि निर्माण कार्य शुरु गरिनेछ ।
नगरपालिकावाट निर्माण गरिने सबैखाले भौतिक पूर्वाधारहरु
वातावरणमैत्री र विपद प्रतिरोधि तवरले निर्माण गर्ने कार्यमा जोड
दिईनेछ । निजि लगानी आकर्षित हुने खालका भौतिक संरचना निर्माणको
लागि न।पा। ले साझेदारी गर्ने नीति लिईनेछ । एक वार्ड एक पोखरि
निर्माणको कार्यलाई बढावा दिईनेछ ।सवैखाले भौतिक संरचना निर्माण
गर्दा वालमैत्री, अपांगमैत्री र वातावरणमैत्री तथा बिपद प्रतिरोधी
संरचना निर्माणको नीति लिईनेछ ।
भौतिक पूर्वाधारहरुको निर्माण गर्दा लाभग्राही समुदायको बढि भन्दा बढी
सहभागिता सुनिश्चित हुने, रोजगारीमा सघाउ पुर्याउने, निर्माण पछिको
संचालन र मर्मतमा लाभग्राहीको अपनत्व सिर्जना हुने, दीर्घकालमा
नगरपालिकाको आय आर्जनमा सघाउ पुर्याउने,वातावरण संरक्षण र बिपद
व्ववस्थापनमा सहयोगी हुने खालका आयोजनाहरुलाई प्राथमिकता
दिईनेछ । राष्ट्रिय लोकमार्ग र स्थानीय स्तरवाट निर्माण हुने सडक
लगायतका भौतिक संरचना तथा प्राकृतिक रुपमा बगीरहेका नदि, खोला,
र सामरिकर पुरातात्विक हिसावले महत्वपूर्ण स्थानवाट निश्चित दूरीमा
मात्र भौतिक संरचना निर्माण गर्ने नीति स्वरुप सवै सडक, नदि, खोला र
सामरिकरपुरातात्विक स्थानवाट भौतिक संरचना निर्माण गर्ने दुरी
निर्धारित गरिनेछ । लोकमार्ग तथा स्थानीय सडकले ओगटेको जग्गालाई
सम्बन्धित सरोकारवाला निकायहरुको सहयोगमा सरकारिकरण गरिने
प्रक्रिया अगाडि वढाईनेछ । सरकारी तथा सार्वजनिक जग्गा ताल, तलैया,
पोखरि संरक्षण तथा दीर्घकालीन रुपमा भाडारलिजमा उपलब्ध गराउन
सकिने गरि नगर कार्यपालिकाले आवश्यक कानुन बनाई लागु गरिनेछ ।
नेपाल सरकारवाट निर्धारित मापदण्ड पूरा नगरी, आधिकारिक
निकायवाट स्वीकृति नलिई निजि जग्गाको खण्डिकरण गर्ने वा
व्यवसायिक हिसाबले प्लटिङ गर्ने कार्यलाई पूर्ण रुपमा नियन्त्रण गरिनेछ ।

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम


क्ःब्च्त् –ऋक्ष्त्थ् अध्ययनको प्रतिवेदनको आधारमा नगरपालिकाको
आवधिक योजना तथा भू(उपयोग नीति तयार गरि कार्य अगाडि वढाईनेछ

चालु आ।व। देखि शुरु गरिएको एक घर एक धारा कार्यक्रमलाई निरन्तरता
दिईनेछ । खानेपानीको अत्यधिक समस्या रहेका वार्डहरुमा भुमिगत
खानेपानिको सेवा विस्तार गर्ने कार्यलाई निरन्तरता दिईनेछ । स्मार्ट सिटि
अवधारणा अन्तरगतको अध्ययन यसै आ।व। मा सम्पन्न भै प्राप्त
प्रतिबेदनको आधारमा दीर्घकालीन महत्वका ठूला संरचना निर्माणको
प्रारुप तयार गर्ने कार्यको शुरुवात गरिनेछ । भौतिक निर्माण
अन्तरगतका आयोजनाहरुमा जन सहभागिया सुनिश्चित गर्न यस आ।व।
मा पनि कम्तिमा।१०।।५ नगद, सहभागिता जनाई कूल ।।२०।।५ मा
नघट्ने गरि लाभग्राहीको सहभागिता सुनिश्चित गर्ने नीति लिईनेछ ।

द्द० सामाजिक विकास तर्फ स्(
स्वस्थ र शिक्षित जनशक्ति विकासको कारक हो । यस नगरपालिकाले
चालु आ।व। मा शिक्षा र स्वास्थ्य क्षेत्रको विकासको लागि केहि
सकारात्मक शुरुवाति कदम चालेको छ । शिक्षा, स्वास्थ्य र सामाजिक
विकास क्षेत्रका आधआरभुत कानुनहरु निर्माण भै कार्यान्वयनका चरणमा
छन । बिगत नगरसभादेखि नै यस नगरपालिकाको समग्र शैक्षिक
उन्नयनको माध्यवाट यस क्षेत्रकै शैक्षिक केन्द्र ९भ्मगअबतष्यलब िज्गद० को
रुपमा विकास गर्ने नीतिगत व्यवस्था उल्लेख गरिए पनि यसमा अझै निकै
सुधारको खांचो छ । नगर शिक्षा तथा।।।ऐनले व्यवस्था गरे बमोजिमका
विद्यालय व्यवस्थापन समितिहरु गठन नगर्ने विद्यालयहरुलाई दण्डित गर्ने
नीति अवलम्बन गरिनेछ । विद्यार्थी शिक्षक अनुपात तथा विद्यालय
कायम राखि रहनुको औचित्यता समेतको आधारमा विद्यालय गाभ्ने तथा
बृहत बिद्यालय निर्माण गर्ने कार्यलाई आगामि आ।व। मा पनि निरन्तरता

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम


दिईनेछ । नगर शिक्षा ऐन तथा सो को आधारमा बनेको नगर शिक्षा
समितिका निर्णयहरुलाई तत्काल लागु गर्ने दरिलो संस्थागत संयन्त्र
निर्माण गरिनेछ । उत्कृष्ट नतिजा तथा व्यवसायिक कौशलता हासिल गर्ने
बिद्यालय, शिक्षक, तथा बिद्यार्थीलाई प्रोत्साहन गर्ने नीतिलाई निरन्तरता
दिई यसलाई थप बैज्ञानिक बनाईनेछ । नगरपालिका क्षेत्र भित्र रहेका सवै
विद्यालय, स्सास्थ्य संस्थाहरुलाई प्रबिधिमा आधारित सूचना व्यवस्थापन
प्रणाली ९ःक्ष्क् क्थकतझ० मा आबद्ध गरिदै लगिनेछ । टहरोमा कक्षा
संचालन गर्ने र खूला शौचालय उपयोग गर्ने अवस्थालाई अन्त्य गर्न यस
आ।। मा ठोस कार्यक्रम संचालनमा ल्याईनेछ ।यसै आ।व। देखि भ्ऋम् र
कक्षा १ मा अध्ययन गर्ने बालबालिकाको प्रति वालवालिका रु। पांच
सयका दरले बिधार्थी ब्यबस्थापन अनुदान प्रदान गरिनेछ र यसलाई
क्रमिक रुपमा कक्षा ३ सम्म लागु गरिनेछ । नगरप्रमुख कल्याणकारी कोष
लाई यस वर्ष पनि निरन्तता दिईनेछ । आगामी आ।व। देखि कक्षा एक
देखि ८ सम्म संचालन भएका विद्यालयमा समेत लगानी गर्ने नीति
लिईनेछ । सवै बिद्यालयहरुमा स्वच्छ खानेपानी र न्यूनतम अतिरिक्त
क्रियाकलाप संचालन गर्न सक्ने पूर्वाधार निर्माण गरिनेछ । बालबालिकाको
सर्बांगीण विकासका लागि सिकाई संगसंगै अतिरिक्त क्रियाकलाप
संचालनमा बजेट व्यवस्था गरिएको छ र यसलाई निरन्तरता दिईनेछ ।
सामुदायिक बिद्यालयहरुलाई नतिजाका आधारमा पुरस्कृत र दण्डित हुने
परिपाटीको अबलम्बन गरिनेछ । आधारभुत तहसम्म अनिवार्य र निशुल्क
शिक्षा तथा माध्यामिक तहसम्म निशुल्क शिक्षाको संबैधानिक
व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ । सामुदायिक विद्यालयको
शैक्षिक सुधार र निजि विद्यालयको व्यवस्थापकीय नियमन लाई
निरन्तरता दिईनेछ । यस नगरपालिका अन्तरगत रहेको श्री भवानी
माध्यामिक विद्यालयको भौतिक संरचना निर्माण गर्नका लागि
नगरपालिका स्वयं तथा सम्बन्धित दातृ निकाय संगको सहकार्य समेतलाई
शिघ्र पहल गरिनेछ । श्री अमरज्योती मा।वि। लुईटेलमा आवासीय

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम


व्यवस्था सहितको शैक्षिक स्तर उन्नयनको लागि आवश्यक कार्यको थालनि
गरिनेछ । सवै माध्यामिक बिद्यालयहरुको शैक्षिक गुणस्तर सुधारको
बिशेष प्याकेज सहितका तालिम अभिमुखिकरण का लागि कार्यक्रम
संचालन गरिनेछ ।
यस नगरपालिकाले बिगत देखि संचालनमा ल्याउन पहल गरिरहेको घुम्ति
स्वास्थ्य सेवा कार्यक्रम अपेक्षित रुपमा नतिजामूखि हुन नसकेको यथार्थता
हामि सामु लुकेको छैन । यसका लागि आगामि आ।व। मा कडा नीति
अख्तियार गरिनेछ । आवश्यक बजेट सहित कार्यान्वयनमा ल्याउन पहल
गरिएको सेवामुखि कार्यक्रम संचालनमा तदारुकता नदेखाउने पदाधिकारी
हरुको कार्य सम्पादन स्तरलाई समेत आधार मानि जिम्मेवार वन्न निर्देश
गरिनेछ । सबै स्वास्थ्य संस्थाहरुमा प्रबिधिमैत्री प्रतिवेदन प्रणालि लागु
गरिनेछ । आंपपिपल अस्पतालको बिगत केहि बर्षको लेखापरीक्षण हुन
नसक्नु र भैकेकोमा पनि बित्तीय पारदर्शिता को ख्याल नगरिनुलाई राम्रो
मान्न सकिंदैन । यस अस्पताललाई प्रत्यक्ष रुपमा नगरपालिकाको
व्यवस्थापकीय जिम्मेवारी भित्र ल्याई बिगतको साख गिर्न नदिने गरि
स्वास्थ्य सेवा संचालन गर्न नेपाल सरकारका सम्बन्धित निकाय संग पहल
गरिनेछ । आंपपिपल अस्पतालको भौतिक अवस्था र व्यवस्थापकीय
क्षमता अभिबृद्धिको लाग थप कार्यक्रम संचालन गरिनेछ । नगरपालिका
भित्र रहेका सरकारी वा निजि तवरवाट खरिद भएका सम्पूर्ण
एम्बुलेन्सहरुलाई स्थापना पूंजिकोष प्रदान गरिनेछ र एम्बुलेन्स संचालन
कार्यबिधि भित्र रही वार्षिक संचालन खर्च धान्ने गरि संचालनमा ल्याउन
सबै समितिहरुलाई निर्देश गरिनेछ ।
यस नगरपालिकावाट बितरण हुने सामाजिक सुरक्षा अन्तरगतको रकम
सम्बन्धित लाभग्राहीका नाममा बैकिङ प्रणालीमार्फत भुक्तानि हुने
व्यवस्था बिगत देखि नै मिलाईएको छ । यसका लागि कारोवार ईजाजत
प्राप्त बैंक तथा वित्तीय संस्थाहरुले अझै सम्म पनि सम्वन्धित लाभग्राहीका
नाममा सिधै रकम जम्मा नगरी अबण्डाको खाता सिर्जना गरि त्यसवाट

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञण्
मात्र जम्मा गर्ने गरेको पाईएकोले यस्तो कार्यलाई तुरुन्त बन्द गर्न लगाईने
छ । जेष्ठ नागरिकका लागि बिश्राम गृह निर्माण लगायत मनोरंजनात्मक
क्रियाकलाप संचालन गर्न बजेटको बिनियोजन गरिएको छ । व्यवसायिक
तथा सामाजिक जीवनमा ख्याति कमाएका पालुङटारवासीलाई सम्मान
गर्ने कार्यलाई निरन्तरता दिईनेछ । आदिवासी जनजातीका बिभिन्न
कार्क्रमहरु संचालन गर्नाका लागि जाती बिशेषले खण्डिकृत रुपमा सहयोग
माग गर्ने प्रबृत्ति देखिएकोले यसमा सुधार गरि आदिवासी जनजाति नगर
समितिको संयोजनमा हुने कार्यक्रममा मात्र नगरपालिकाको सहयोग रहने
गरि नीतिगत तथा कार्यक्रमगत व्यवस्था गरिनेछ । आगामि आ। व। देखि
कुमाल, वोटे, माझि जातीको प्रथा परम्परा संरक्षणका लागि नगरस्तरीय
संग्रहालय निर्माण गरिनेछ । परम्परागत रुपमा उत्पादन गरिएको टोप,
छत्री, ज्बलमष् ऋचबातक, ँचबmभ आदिलाई प्रोत्साहन स्वरुप नगरपालिका
स्तरीय प्रदर्शनी कक्ष निर्माण गरिनेछ ।आगामी आ।व। देखि नगरपालिकाले
आफ्नै नगर गीत, नगर लोगो तथा नगर फूल नगरसभावाट पारीत गरि
निर्धारण गरिनेछ । मेला पर्व, जात्रा आदिका नाममा फजूल खर्च बढ्ने
गरेको तथ्यलाई मनन गरी अनुत्पादक खर्चमा कटौति गर्ने नीति लिईनेछ ।

यस नगरपालिकाको आयोजनामा संचालित मेयर कप प्रथम अन्तर
पालिका स्तरीय फूटबल प्रतियोगिता संचालनवाट नगरपालिकाको
पहिचानलाई छिमेकी र प्रदेश स्तरीय पालिकाहरुमा प्रबर्धन गर्न सघाउ
पुगेको तथ्यलाई हृदयांगम गरी आगामी आ।ब। देखि लिगलिग दौड तथा
नगरस्तरीय खेलकूद कार्यक्रमहरु निश्चित शर्त सहित निजि क्षेत्रका
संस्थाहरु संग करार गरि संचालन गर्न सकिने निति लिईनेछ ।
महिलाहरुको आय आर्जन तथा क्षमता विकासका लागि संचालन भैरहेका
कार्यक्रममा दोहोरोपना देखिएको छ । यसका लागि नगरपालिका वाट
बिनियोजन हुने रकम दोहोरो नपर्नेगरी बिनियोजन गरिनेछ ।
महिलाहरुको आय आर्जनका लागि स्थापीत स्वआर्जन कोषको रकम लाई

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञज्ञ
यस वर्ष पनि निरन्तरता दिईएको छ र लगानिले नतिजाको सुनिश्चितता
गर्ने कार्यको अनुगमनलाई सघन वनाईने छ । दलित समुदायको उल्लेख्य
वसोवास रहेको यस नगरपालिकामा वास्तविक विपन्न समूदायको आय
आर्जन हुने खालका कृषि कार्यलाई नमूनाको रुपमा संचालन गरिनेछ ।

घ० आर्थिक विकास तर्फ स्(
आर्थिक समृद्धिनै सेवा सुविधामा पहूंचको आधार हो । यस
नगरपालिकाको भू(बनौटको आधारले नै यसका आर्थिक गतिबिधिका
क्षेत्रलाई निर्धारण गर्ने गर्दछ । नगरवासीहरुको जिविकोपार्जनको प्रमुख
स्रोत कृषि पेशा नै रहेको छ यसका लागि कृषि क्षेत्रको व्यवसायीकरण र
वजारीकरणको जरुरी रहेको छ । नगरपालिकाको वार्ड नं ६,७, र ८ मा
प्रचूर मात्रामा हुने लिचि, केरा लगायतका फलफूलको व्यवसायिक
उत्पादन र सहज वजारिकरणमा यस वर्ष पनि थप कार्यक्रम संचालन
गरिनेछ । वार्ड नं। ९ मा निर्माण हुने शीत भण्डारको निर्माण कार्य तत्काल
थालनी गरि तरकारी र फलफूलको गोदाम गर्ने व्यवस्थाको शुरुवात
गरिनेछ ।
यस नगरपालिकाका व्यवसायी कृषकहरुलाई पूंजि अभावको कारण
पछाडि पर्न नपरोस भन्ने अभिप्रायले चालु आ।व। बाटै नगरपालिकाले
उल्लेख्य रकम बिनियोजन गरि स्वआर्जन कोषको स्थापना र लगानिको
शुरुवात गरिसकेको छ । सरकारी अनुदानमा प्राप्त रकम निश्चित समयको
लागि न्यूनतम सेवा शुल्कमा उपयोग गर्न पाउने गरि सिर्जना भएको यस
कोषले नगरपालिका आफ्ना सार्वभौम नागरिकको समृद्धिको लागि
दत्तचित्त छ भन्ने व्ववहारिक पुष्टि गर्दछ । सीप, जांगर र ईमान्दारिताको
उदाहरण प्रस्तुत गरि आफ्नो आर्थिक क्षमता विस्तार गर्ने कार्यमा यस
कोषको भरपूर उपयोग हुने गरि कार्यक्रममा समयानुकूल परिमार्जन र
समायोजन गर्दै लगिनेछ । यस आ।व। मा कम्तिमा पनि पालुङटारको
ब्राण्ड झल्किने दुध र दुग्धजन्य पदार्थको उत्पादन र बजारिकरणको

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञद्द
शुरुवात हुनेछ र क्रमश यस कार्यको अन्य क्षेत्र जस्तै व्यवसायिक
कुखुरापालन, बाख्रापालन, बंगुरपालन, तरकारी खेति आदिमा विस्तार
गरिनेछ । यस नगरपालिका वार्ड नं। १, २ र ४ मा बिशेष गरि दलित
समुदायलाई लक्षित गरि सामूहिक र व्यवसायिक पशुपंक्षीपालन कार्यको
शुरुवात गरिनेछ र यसका लागि सम्बन्धित समूदायको क्षमतालाई
ध्यानमा राखी अनुदान तथा कोषको रकम लगानी गर्ने कार्यलाई
प्राथमिकता दिईनेछ । व्यवसायिक कफि खेतिलाई प्रोत्साहन स्वरु
लिगलिगमा उत्पादित कफि को ब्राण्डिङ गर्ने कार्यको शुरुवात गरिनेछ ।
नगरपालिकाको वार्ड नं। ५ को रयाले दोभान नजिकको जग्गामा टनेल
निर्माण गरि व्यवसायिक तरकारी खेतिको बिस्तार गरिनेछ । यस
नगरपालिकालाई खाद्यान्न, दुध, अण्डा र मासुमा आत्मनिर्भर बनाउन
उत्पादनमा प्रोत्साहन गर्ने नीति लिईनेछ ।
एक वार्ड एक प्रमुख उत्पादनको नीतिलाई अघि वढाईने छ । गरिवि
निवारण र रोजगारी सृजना गर्नको लागि नगरपालिकाको कम्तिमा एक
टोललाई नगर प्रमुख र एक महिला समूहलाई उप(प्रमुखसंग आबद्ध गरि
सघन गरिवि निवारणको कार्यक्रम संचालन गरिनेछ । यसका लागि वार्ड
नं।१, २ र ४ मा व्यवसायिक पशुपालन ३, ४ ,५ ,९ र १० मा
व्यवसायिक तरकारी खेति तथा ६,७,८ र ९ का सम्भावित क्षेत्रमा
व्यवसायिक फलफूल खेतिको अबधारणाका साथ कार्यक्रम अगाडि वढाईने
छ । विद्यालयरसार्वजिनक जग्गा जस्ता स्थानहरुमा व्यवसायिक पुष्पखेति
गर्न प्रोल्त्साहन गरिनेछ । सिंचाई सुबिधा उपलब्ध नभएका वा सिंचाई
संरचना जीर्ण भएका स्थानमा सम्बन्धित लाभग्राहीको लागत
सहभागितामा समपूरक कोष अन्तरगतको रकमवाट लागत साझेदारी
गरिने कार्यलाई प्राथमिकता दिईनेछ । भू( उपयोग नीति तर्जुमा गरि
कृषियोग्य भूमि विस्तारको लागि चक्लाबन्दी खेति तथा करार ९ीभबकभ०
खेतिलाई प्रोत्साहन गरिनेछ ।

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञघ
यस नगरपालिकाको वार्ड नं। ७ र ८ मा सम्भाव्यता अध्ययनका लागि
नेपाल सरकारवाट निर्णय भए बमोजिम प्रस्तावित औद्योगिक क्षेत्रको थप
कार्यहरु अगाडि बढाईदिन सम्बन्धित निकाय संग समन्वय गर्ने कार्यलाई
उच्च प्राथमिकता दिईनेछ । औद्योगिक उत्पादन तथा होटेल
व्यवसायीहरुलाई लगाउंदै आएको करमा न्यूनिकरण गरिनेछ ।

द्ध० वातावरण संरक्षण तथा बिपद व्यवस्थापनस्(
विकास र वातावरणबीच सकारात्मक सम्बन्ध स्थापित गर्न नसके विकास
दीगो हुन सक्दैन र यस्तो विकासले दीर्घकालनमा बिपद निम्त्याउने
निश्चित हुन्छ । वर्तमानको विकासले भावी जीवनमा नकारात्मक
परिणाम ल्याउने तथ्यलाई मध्यनजर गरी विशेष गरि भौतिक निर्माणका
कार्यक्रम संचालन गर्दा यसवाट हुनसक्ने सम्भावित वातावरण विनासलाई
समयमै रोकि विकासलाई वाताबरणमैत्री वनाउन सबै प्रकारका
वातावरण संरक्षणका कार्यक्रम संचालन गरिनेछ । प्राकृतिक वा मानवजन्य
क्रियाकलापका कारण निम्तिने बिपद लाई समयमै सम्बोधन गर्न सक्ने गरि
बिपद व्वस्थापन समिति र विपद ब्यवस्थापन कोषलाई परिचालन
गरिनेछ । नगर स्तरीय बिपद जोखिम न्यूनिकरण योजना तर्जूमा गर्नका
लागि यस सम्बन्धी कार्य गर्ने सहयोगी संस्थाहरुसंगको सहकार्यमा सेन्डाई
कार्ययोजना ९क्भलमबष् ँचबmभधयचप ० ले अगाडि सारेका सूचकहरुको
स्थानीयकरण हुने गरि तयार गरिनेछ । बिद्युतिकरण र वन सम्बन्धी कार्य
गर्ने स्थानीयस्तरका कार्यालयहरुले सेवाग्राहीका समस्याहरुलाई
जिम्मेवारीपूर्बक समयमै सम्पन्न गर्न नसकिरहेको तथ्यलाई हृदयांगम गरि
उल्लेखित कार्यालय तथा पदाधीकारिहरुलाई थप जिम्मेवार तुल्याउन
नेपाल सरकारका सम्बन्धित माथिल्लो निकायसंग आबस्यक समन्वय
गरिनेछ । यस नगरपालिका क्षेत्र भित्र गठन हुने सबै सामुदायिक वन
समितिहरुको कार्य योजना अनिवार्य रुपमा नगरपालिकावाट स्वीकृत हुने
व्यवस्थालाई कडाईका साथ लागु गरिनेछ । वर्षायाममा नगरपालिकाका

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञद्ध
बिभिन्न क्षेत्रहरुमा बृक्षारोपण गर्ने कार्यलाई निरन्तरता दिईनेछ । एक वार्ड
एक पोखरि निर्माणको कार्यलाई आगामी आ।व। मा समेत निरन्तरता
दिईनेछ । वातावरण प्रदुषण गर्ने खालका उद्योगहरुमा प्रदुषण कर
लगाउने कार्यको थालनि गरिनेछ । स्वस्थ मासु बिक्रि बितरण गर्न निजि
क्षेत्रको सहकार्यमा व्यवस्थित बधशालाको निर्माण गरिनेछ ।
नगरपालिकावाट चालु आ।व। मा फोहोरमैला प्रशोधनकेन्द्र
निर्माणकालागि जग्गा खरिद गर्ने कार्य सम्पन्न भैसकेको छ । यसको
प्रारम्भिक वातावरणीय परीक्षण गरि निर्माण कार्यलाई यस आ।व। मा शुरु
गरिनेछ । फोहोरमैला संकलन तथा प्रशोधन कार्यमा निजी क्षेत्र तथा
अन्तरपालिका स्तरीय सहकार्यलाई वढावा दिईनेछ ।
स्वच्छ उर्जा प्रविधिको प्रयोगलाई निरन्तरता दिईनेछ । यसका लागि
आगामी आ।व। मा समेत सौर्य उर्जा जडान कार्यक्रम, वायोग्यास प्रबर्धन
कार्यक्रमलाई निरन्तरता दिईनेछ ।
वातावरण विनासका कारण सिर्जना भैरहेको जलवायू परिबर्तनको
समस्यालाई न्यूनतम रुपमै भए पनि सम्बोधन गर्ने खालका जनचेतना
लगायतका कार्यक्रम संचालनमा ल्याईनेछ । वार्ड स्तरमा समेत बिपद
प्रकोप व्वस्थापन समिति निर्माण गरि न्यूनतम सामग्री हस्तानतरण
गरिनेछ । वार्ड कार्यालयहरुवाट बजेट बिनियोजन गर्दा वातावरण संरक्षण
र बिपद व्यवस्थापनका क्षेत्रमा निश्चित रकम अनिवार्य बिनियोजन गर्ने
व्यवस्था मिलाईनेछ । आगामी आ।व। मा कम्तिमा एक वार्ड वाट
विपन्नताको आधारमा छनौट भएका छनौट भएका कम्तिमा १० घरको
वीमा ९निर्जिवन बीमा० गर्ने कार्य संचालन गरिनेछ ।विषादि जांच
निरीक्षण गर्न प्रयोगशाला स्थापनाको लागि संघ तथा प्रदेशसंग सहकार्य
गरी सुरुवात गरिनेछ ।
छ० संस्थागत विकास क्षमता अभिवृद्धि तथा सुशासनस्(

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञछ
प्रभावकारि सेवा प्रवाह विना स्थानीय सरकार प्रति सार्बभौम नागरिकको
स्वामित्व सिर्जना हुन कठिन हुनजान्छ । शासकीय सक्षमताले नै सबै
नीतिगत व्यवस्था तथा कार्यक्रम र बजेट कार्यान्वयको प्रभावकारि
कार्यान्वयन गर्न सक्दछ । स्थापनाको छोटै समयमा पनि संस्थागत क्षमता
अभिवृद्धि र सेवा प्रवाहमा विद्युतीय र प्रबिधिगत निगरानी बढाउने
कार्यको शुरुवात भैसकेको छ । नगरपालिका अन्तरगतका सबै सार्वजनिक
सेवा प्रदान गर्ने सरकारि कार्यालय शिक्षण संस्था हरु समेतमा बिद्युतीय
शासन प्रबर्धनका थप कार्यक्रम संचालन गरिने छ ।
नगरपालिका कार्यालयमा रहेको नागरिक वडापत्रलाई म्ष्नष्तष्शभम
गरिएको छ । सवै वार्ड कार्यालयहरु सबैमा विद्युतीय हाजिरि र ऋऋत्ख्
जडानको कार्य सम्पन्न भएकोछ । सवै वार्ड कार्यालयहरुमा ब्गमष्य
नागरिक बडापत्र स्थापनाको शुरुवात भएको छ । नगरपालिकाको
ध्भदकष्तभ र मोवाईल ब्उउष्अिबतष्यल क्रियाशील अबस्थामा रहेका छन ।
टोलफ्री नम्बरको प्रयोगवाट नागरिक गुनासो सुनुवाई गर्ने कार्यको थालनी
भैसकेको छ । प्राबिधिक लगायतका कर्मचारीहरुलाई सम्बन्धित सेवा तथा
काम सम्बन्धी तालिम हरु निरन्तर प्रदान गर्दै आईरहेकोछ ।
नगरपालिकावाट संचालन हुने सबै प्रकारका कार्यहरुको लागि जिम्मेवारी
सहितको अधिकार प्रत्यायोजन गरि सकेसम्म वार्डस्तरवाटै सेवा प्रवाह हुन
सक्ने गरि व्ववस्था मिलाईने छ । नगर कार्यपालिकाले प्रमुख प्रशासकीय
अधिकृत संग र प्रमुख प्रशासकीय अधिकृतले सम्बन्धित शाखा प्रमुख
हरुसंग कार्य सम्पादन करार गर्ने कार्यको शुरुवात २०७६ श्रावण देखिनै
अनिवार्य रुपमा लागु गरिनेछ ।
नगरपालिकामा कार्यरत अधिकांस कर्मचारीहरु करार सेवाबाट लिनु
परेको तीतो यथार्थता चालु आ।व। मा पनि कायम रहन गयो । संघीय
सरकारवाट स्वीकृत दरवन्दीमा स्थायी कर्मचारी समायोजन गरि पठाउंदा
अत्यन्त न्यून कर्मचारीहरु मात्र यस नगरपालिकामा समायोजन भै
आएकोले रिक्त दरबन्दी पदपूर्तीको लागि लोकसेवा आयोगमा माग गरि

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञट
पठाईएको छ । लोकसेवा आयोगवाट उल्लेखित दरवन्दीका कर्मचारी
शिफारिश भै आएमा क्रमशस् करारका कर्मचारिहरु हटाउने नीति लिईने छ

नगरपालिकावाट संचालन हुने वा प्रदेश तथा संघीय सरकारसंग
सहकार्यका लागि अनुरोध गरिने ठूला प्रकृतिका योजनाको म्एच् तयार
गर्ने काममा मौजुदा जनशक्तिले नसक्ने अबस्थामा सेवा करारवाट
बिज्ञहरुको सेवा लिईनेछ ।
न्याकिक समितिको कामकाजलाई न्यायिक वातावरणमा सम्पन्न गर्न
आगामी आ।व। माईजलास स्थापना गरिनेछ । न्यायिक समितिले सम्पादन
गर्ने कार्यहरु वार्डस्तरसम्म पुर्याई सम्पादन गर्न सक्ने गरि स्रोत साधन
समपन्न बनाईनेछ । न्यायिक समितिका पदाधिकारिको क्षमता
अभिवृद्धिका कार्यक्रम संचालन गरिनेछ ।
सार्वजनिक खरिदको कार्यलाई प्रभावकारी वनाउन नगर स्तरीय खरिद
समितिलाई थप क्रियाशील बनाईने छ । यस नगरपालिकामा हालसम्म
स्थापना हुन नसकिरहेको आन्तरिक लेखा परीक्षण शाखा स्थापना गरिनेछ
। यस नगरपालिका समायोजन भै आउनु भएका कर्मचारीहरुलाई मिल्दो
शाखामा पदस्थापन गरि काममा लगाईने छ ।
पर्याप्त बित्तीय सक्षमता विनाको चाहना हरु पूरा हुन सम्भव हुंदैन । चालु
आ।व। मा नगरपालिकावाट लगाईएका करका दरहरुमा सामान्यतया
बृद्धि गरिएको छेन । केहि करका दायरा हरुलाई समायोजन गरिदै जाने
नीति अख्तियार गरिनेछ । वनजन्य पदार्थको बिक्रि करलाई व्वस्थित
गरिनेछ । कृषि उपजको बिक्रि करलाई न्यूनतम रुपमा नियमन गर्ने
प्रयोजनका लागि मात्र निर्धारण गरिएको छ । नगरपालिकावाट लिंदै
आएको शिक्षारस्वास्थ्य सेवा करलाई आगामी आ।व। मा पनि निरन्तरता
दिईनेछ ।

पालुङटार नगरपालिकाको पांचौ नगरसभामा पेश भएको आ।व।
०७६र०७७ को लागि प्रस्तावित नीति तथा कार्यक्रम

ज्ञठ
संगठनको आकार बढ्दै जांदा यसले चालु खर्चमा बृद्धि हुने तर आन्तरिक
आयमा सोहि अनुपातमा बढोत्तरी नहुने भएकोले चालु प्रकृतिका फजुल
खर्चहरु ९शुभकामना विज्ञापन, चन्दा, जस्ता० कटौति गरिनेछ । भ्रमण
खर्चमा भएको बृद्धिलाई ध्यानमा राखी कार्यालय सहायक, सवारी चालक
हरुलाई कामको आधारमा निश्चित समयको अतिरिक्त समय भत्ता प्रदान
गर्ने व्यवस्था गरिनेछ ।
आ।व। ०७४र०७५ को अन्तिम लेखापरीक्षण प्रतिवेदन पारित गरिएको छ
र यसमा औंल्याईएका असूल गर्नु पर्ने बेरुजु रकम असुल गर्न तथा
नियमित गर्नु पर्ने प्रकृतिका बेरुजु रकम नियमित गर्न थप क्रियाशिलता
अपनाउन सम्बन्धित पदाधिकारीलाई निर्देश गरिएको छ ।

अन्तमा, चालु आ।व। को कार्यक्रम संचालन तथा आगामी आ।व। को लागि
प्रस्तावित नीति, कार्यक्रम तथा बजेटमा सम्मानित सदस्यज्यूहरुको
सुधारका सुझावहरुको अपेक्षा गर्दछु । नीति बजेट र कार्यक्रमको तयारी
देखि छलफल गरी पारित गर्ने कार्यमा संलग्न सम्पूर्ण नगर सभा
सदस्यज्यूहरु, रचनात्मक सुझाव दिनुहुने सम्पूर्ण राजनीतिक दल आबद्ध
व्यक्तित्वहरु, कर्मचारी लगायत सवैमा हार्दिक कृतज्ञता ज्ञापन गर्न चाहन्छु

धन्यवाद
जय नेपाल ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker