भानु नगरपालिकाले आयोजना गरेको २०६ औं भानु जयन्ती अवसरमा आयोजित प्रतियोगितामा प्रथम भएको कविता

कविता 
अधुरो वार्तालाप 
– अमरराज नहर्की
तनहुँ
१) घाँसी तिम्रो कुवा सुकेको साँचो हो ?
अनि तिम्रो मन दुःखेको साँचो हो ?
कुवा खनेको खेरै गो
काकाकुल भैंm तिर्खाएको धेरै भो
ढाले रुख जानी÷जानी
सुक्यो बरै मुलको पानी
गाउँभरी छपक्कै इट्टाभट्टी खुले
बाँकी रको वर–पिपल त्यतै तिर पोले
हुन त धेरै छन् अचेल पँधेरो
त्यही पँधेरोमा बगेको छ अँधेरो
सक्कली पाईने, निशुल्क पिईने कुवा जति सुक्यो
नक्कली पानी बेचेर, धनी भाकोहरु देखेर धेरै मन दुख्यो
तिम्रो घर जल्यो रे
मन पनि गल्यो रे हो कि हैन भानु ?
डढेलो वनै खायो
मेरो पनि मनै खायो
यहाँ सरकार कहाँ छ र
त्यसैले घाँसी मेरो बनेन घर
२)घाँसी भन्छन् गाउँघरका कुरा
भानु भन्छन् सहरका कुरा
घाँसी साईली, माईलीको खबर के छ ?
साँईलीको अस्मिता लुटियो
न्याय नपाएर थाकेकी उनको आमाको प्राण फुत्कियो
माईली उडेकी आकाशमा
फर्किइन बाकाशमा
के छ भानु सहरका कुरा ?
सुन पूmल्ने फाँटहरु बने धेरै घर
कहाँबाट पाउनु चामल छिमेकीको भर
महंगीले भरिएर बसेको छ सहर
सुक्यो बरै नहर,
सरकारले जाच्दैन, छिमेकीको तरकारीमा जहरै जहर
३) अरु र हाम्रो देशमा के फरक छ भानु ?
यहाँ चुस्याहाले धन कमाएको खुसीयालीमा
बोकालाई बलि दिन्छन्
अरु देशमा भने घुस्याहालाई बली दिन्छन्
मरुभूमीलाई स्वर्ग जस्तो बनाईरहेका छन्
स्वर्गजस्ता देशका नागरिक त्यही जानु परेको छ
त्यहीबाट कमाएर खानु परेको छ
घाँसी अचानक ढल्छन्
धर्मात्मको प्राणपखेरी सजिलै जान्छ भन्छन्
रामनामीले घाँसीको शरिर ढाकियो
भानु–घाँसीको वार्तालाप अधुरो भो

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker