लोक दोहोरी हस्ति गोर्खाली गायक रविन लामिछाने झल्लुराम नामले चर्चामा कमल गाऊले मापसेमा भिडियो सहित

कविराज ढकाल गोर्खा नेपाल || हिन्दु नारिहरुको महान चाड हरितालिका तीज नजिकिदै गर्दा लोक तथा दोहोरी गायिक गायिकाले धेरै तिजका गितहरु बजारमा ल्याऊनु भएको छ | नेपाली नारीहरु वास्थविक कहानी , पिर व्यथा , हर्ष उमगंं रमाईलो र चेतनामुलक सन्देश आदी प्रसंग जोडेर गित रचना गरिएको पाईन्छ |

यसै क्रममा हिन्दु नारीहरुको महान चाड तीजलाइ लक्षीत गर्दै  पछिल्लो समय गायक गायिका सर्जक र मोडलहरुलाई  तिजको गित भ्याइनभ्याई छ । धेरै चर्चित चर्चित कलाकारहरुले त तिज गीत सार्बजनिक पनि गरिसका छ्न् । भन्ने केही कलाकारहरुको गित आऊने क्रम जारि नै छ | यस्तै तिज गित आऊने क्रममा  प्रत्यक्ष लोक दोहोरीका हस्ती गोरखार्ली गायक रविन लामिछानेको “झल्लुराम” गित अहिले बजारमा चर्चामा छ |

रविन लामिछानेले प्रत्यक्ष दोहोरी गित प्रतियोगिताबाट धेरै अवार्डहरु लिन सफल हुनुभाको छ भने दर्शक स्रोताहरुको नजरमा पनि त्यतिकै सफल गायक रुपमा बस्न सफल हुनु भाको छ | उनिका गितहरु केही न केही सन्देशमुलक  हुन्छन् भने केही गितहरु माया प्रेम आदि प्रसंगका पनि छन् | उनिका धेरै गितहरु चर्चामा पनि रहेका छन् |

यस्तै सन्देशमुलक गित मध्य “झल्लुराम” पनि एक हो  | उक्त गितमा उनकै मिठो एवम् उत्कृष्ट शब्द एवम् लय रहेको छ भन्ने रविन आफै र चर्चित गायिका पुर्णकला वि सी को सुमधुर आवाजले भरिएको पाईन्छ | रविन शब्द भावना पौडिएर मात्रै शब्द कोर्ने गर्छन् भने ति कोरिएका शब्दहरु अत्यन्तै सान्दर्भिक अनि मार्मिक हुन्छन् | यस गितमा कोही साथि अमेरिका कोही साथि कां पसे  म त झल्लुराम सधै मापसे जस्ता विषयबस्तु समेटिएर रचना गरिएको छ ||

दुर्गा पौडेलको छायांकन तथा निर्देशन एवम् प्रकाश धमलाको सम्पादनमा रहेको उक्त गित को भिडियोको सबै पक्ष उत्कृष्ट नै छ | कमल गाऊले , मन्जिता केसी र रविन लामिछानेको उत्तिकै अभिनय पनि रहेको छ |

उक्त गित Ashish Music Official youtube च्यानल बाट बजारमा आएको छ |

भिडियो

प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker