बालबालिका भविष्यका कर्णधार भएकाले अहिदेखि नै असल बानीकाे बिकास गर्नुपर्ने _ नगर प्रमुख

बाल विबाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण तालिम आज सम्पन्न
असार १९ गोरखा
गोरखाको पालुङटार नगरपालिका वडा नं. ७ च्याङलीमा बाल विबाह न्युनिकरण सम्बन्धी अभिमुखिकरण तालिम आज सम्पन्न भएको छ । पालुङटार नगरपालिका वडा नं. ७ को आयोजना अनि युनाइटेड एफ.एम ९२.४ मेगाहर्ज डुम्रे को संयोजनमा बाल विबाह न्युनिकरण बारे बाल क्लवका प्रतिनिधि र अभिभावकलाइ अभिमुखिकरण कार्यक्रम दिइएको हो ।
पालुङटार नगरपालिका वडा नं. ७ का वडा अध्यक्ष बसन्त कुमार श्रेष्ठको सभापतित्वमा भएको कार्यक्रममा नगरपालिका का मेयर इन्जिनीयर दिपकबाबु कंडेलको प्रमुख आतिथ्यता रहेको थियो । यसैगरी कार्यक्रममा वडा सचिव ऋष्ी देवकोटाले स्वागत मन्तब्य ब्यक्त गर्नु भएको थियो ।
कार्यक्रममा  बााेल्दै   नगरप्रमुख कंडेल ले     बालबालिका हरू भविष्यका कर्णधार भएकाले अहिदेखि नै असल बानीकाे बिकास गर्नुपर्ने बताउनुका साथै प्रेेेरणादायी भनाइ हरू राख्नुभएकाेे थियाे ।ण      नगरकार्यपालिका सदस्य साबित्रा बि.क, वन महासंघका अध्यक्ष मान बहादुर देवकोटा, प्रशिक्षक नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष अमृत बहादुर नेपाली, प्रशिक्षक एवं स्वास्थ्य चौकी च्याङलीका प्रमुख भरत राज पाण्डे गोरखा संसार मिडियाका संचालक रबिन्द्र कंडेल, युनाइटेड एफंएमका स्टेशनम्यानेजर सागर गिरी लगायतको सहभागीता रहेको थिया ।
सानो उमेरमा विवाह गर्नाले यौन दुव्र्यहार, अशिक्षा, कमजोर स्वास्थ्य, नसङ्ख्या वृद्धि आदि समस्याहरुको वारेमा जानकारी दिएको थियो । प्रशिक्षहरु ं स्वास्थ्य चौकी च्याङलीका प्रमुख भरत राज पाण्ड, नेपाल बार एसोसिएसन तनहुँका अध्यक्ष एंव अधिवक्ता अमृत बहादुर नेपालीले बाल अधिकार, बालबिबाह, यसको कारण, न्युनिकरणको उपया , बालअधिकारको बारेमा बर्तमान नेपालको कानुनमा समाबेश भएका कुरालाई जानकारी गराई सु–सुचित गराइएको थियो ।
कार्यक्रममा मुलुकी ऐन २०२० को भाग ४ को विवाहवारीसम्बन्धी महलमा पहिलेको व्यवस्था संशोधन गरी केटा र केटी दुवैको उमेर अनिवार्य रूपमा २० वर्षपुगिसकेको हुनुपर्ने । पहिले अभिभावको सहमतिमा १८ वर्षमा विवाह गर्न पाउने कानुनी व्यवस्था अहिले २० वर्षनपुगी विवाह गराएमा विवाह गराउने पण्डित, जन्ती र कुरा छिन्ने व्यक्ति (लमी) लाई एक महिना कैद र एक हजार रुपियाँ जरिाना गर्न सक्ने कानुनी व्यवस्था को बारेमा जानकार िगराइएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker