निर्माणाधीन भवनबाट खसेर पालुङटारमा एक मजदुरको मृत्यु

 

गोरखाको पालुङटार नगरपालिका–४ लुइटेल भन्ज्याङमा रहेको अमर ज्योति जनता माध्यमिक बिधालयको निर्माणाधीन भवनबाट खसेर काम एक मजदुरको मृत्युु भएको छ ।

बुधवार साँझ अबेर बिधालय भवनको टपमा बसेर काम गरिरहेका बेला भवनको टप भाचिँएर कास्की जिल्ला घर भएका ३६ बर्षिया मनोज कौडालको मुत्यु भएको हो ।

कौडाल तिन तला माथीबाट सडक बज्रिन पुग्नुभएको थियोे । भवनबाट खसेर बेहोस भएका उनको उपचारका क्रममा डुम्रे स्थित लक्ष्मी अस्पतालमा मृत्यु भएको इलाका प्रहरी कार्यालय ठाँटी पोखरीले जनाएको छ ।

घाइतेलाई प्रहरीले उद्दार गरि उपचारका लागि अस्पताल पुयाएको थियो । मृतकका परिवारले बिधालयले क्षतिपुर्ती दिनुपर्ने माग गरेका छन् । क्षतिपूर्तिको बिषयमा कुरा भैरहेको तर कसरी के गर्ने भन्नेमा निस्कर्षमा पुग्न नसकेको विधालयका प्रधानाध्यापक मधव देवकोटाले जानकारी दिए ।           साे घटना भएको भाेलीपल्ट नगरप्रमुख ई दिपक बाबु कंंडे ल  बिद्यालय पुगी क्षतिपूर्तिको व्यवस्था नहुंदाुसम्म काम राेक्न निर्देशन दिनुभएको छ । उहाँका अनुसार भवन निर्माणमा ईन्जिनियरिङमा त्रुटी भएका कारण दुर्घटना भएकाे हाे ।

भुकम्पपछि निर्माणको भएको बिधालय भवनको निर्माणको संरचना कमजोर भएका कारण घटना घटेको स्थानियले बताएका छन् । उक्त बिधालय भवन निर्माणको संरचना कमजोर रहेको यस अघि पनि स्थानियहरुले बताउदै आएको थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker