गाेरखामा खुर्पा प्रहार गरेर जेठाजुको हत्या

गोरखा, १६ असार

शहीदलखन गाउँपालिका–७ बुङकोटमा बुहारीले खुर्पा प्रहार गरी जेठाजुको हत्या गरेकी छिन् । बुङकोटस्थित चारघरेमा आज दिउँसो ८२ वर्षीय बलबहादुर रानालाई आफ्नै भाइबुहारीले खुर्पा प्रहार गरेर हत्या गरेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ ।

हत्याको आरोपमा प्रहरीले ५२ वर्षीया गोरीमाया रानालाई प्रहरीले पक्राउ गरेको छ । खुर्पा प्रहारपछि गम्भीर घाइते भएका बलबहादुरलाई उपचारका लागि जिल्ला अस्पतालमा पु¥याइएको थियो । अस्पताल पु¥याउने वित्तिकै मृत्यु भएको अस्पतालले जनाएको छ ।

जेठाजुमाथि खुप्रा प्रहार गर्नुको कारणबारे भने केही खुल्न नसकेको प्रहरी नायब निरीक्षक रोशन श्रेष्ठले जानकारी दिनुभयो । हत्याका आरोपित गोरिमायालाई हत्यामा प्रयोग गरेको भनिएको खुर्पासहित पक्राउ गरी अनुसन्धान अघि बढाइएको प्रहरीले जनाएको छ । (रासस)

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker