बारपाक सुलिकाेटमा प्रधानमन्त्री राेजगार कार्यक्रम प्रभावकारी बन्दै

रविन्द्र कंडेल, १८ गते गाेरखा ।

प्नधानमन्त्री राेजगार कार्यक्रम का बारेमा विभिन्न खालका भ्रम तथा चर्चा भईरहेका बेला बारपाक शुलीकाेट गाउँ पालिका मा भने प्रभावकारी काम भएकाे छ । ८ वटा वडा भएकाे साे गाउँपालिकामा राेजगार कार्यक्रममा भाग लिन फाराम भरेका १५१३ जनाबाट २३१ जनालाई छनाेट गरिएकाे भएतापनि काममा भने ईच्छुक सबैलाई गर्ने लगाईएकाे राेजगार संयाेजक पार्वती पाठकले जानकारी दिनुभयाे । उहाँका अनुसार गाउँपालिकाकाे केही वडाहरूमा बारम्बार पहिराे गईरहने कुलाे मर्मत गरिएको छ भने केही वडाहरूमा भने मानिस हिडने गाेरेटाे बाटाे बनाउने लगाएतका कामहरू गरिएको छ । पालिकाले साे कार्यक्रम अन्तर्गत काम गर्ने लाई प्रतिदिन ७०० रूपैयाँ ज्याला दिने निर्णय गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker