बन्दीपुर गाउँपालिकाको नीति : सार्वजनिक जग्गा र बनेका संरचना गाउँपालिकाको मातहतमा ल्याईने

 नारायण खड्का
 बन्दीपुर
 १८ असार

तनहुँको बन्दीपुर गाउँपालिकाले सार्वजनिक जग्गा संरक्षण नीति ल्याएको छ । आर्थिक वर्ष२०७६/०७७ को नीति, कार्यक्रम तथा बजेटमा सार्वजनिक जग्गा संरक्षण तथा ती जग्गामा निर्माण गरिएका संरचनालाई गाउँपालिकाको नियन्त्रण र मातहतमा लिने नीति अगाडि ल्याएको गाउँपालिकाका अध्यक्ष पूर्ण सिंह थापाले बताए ।

‘गाउँपालिका क्षेत्र भित्रका सार्वजनिक जग्गाहरुको संरक्षणको लागि बिशेष पहल र गाउँपालिका क्षेत्र भित्रका ऐलानी/प्रतिजग्गाको लगत लिइ संरक्षणको कार्यलाई अगाडि बढाइने छ’, अध्यक्ष थापाले भने, ‘ऐलानी/प्रति जग्गाको उपयोग गरी आय आर्जनको रुपमा परिणत गर्न योजना र कार्यक्रमहरु बनाई कार्यान्वयन गरिने छ ।’

यस्तै, गाउँपालिकाले सरकारी जग्गाहरुको समेत लगत लिई व्यवस्थित गर्ने भएको छ । सार्वजनिक जग्गामा बनेका घर, भवन, सटर, टहरा, घुम्ती, जग्गा जमिनहरुलाई गाउँपालिकाको दायरामा ल्याईने नीति बनाइएको अध्यक्ष थापाले बताए ।

गाउँपालिकाको नीति अनुसार बन्दीपुर-१ डुम्रेमा चुँदी खोला किनार अतिक्रमण गरी निर्माण गरिएका भौतिक संरचनालाई पनि नियमन गरी गाउँपालिकाको मातहतमा ल्याइने र ती संरचना गाउँपालिकाको आर्थिक उपार्जनका निम्ति प्रयोग गर्ने नीति गाउँपालिकाले बनाएको अध्यक्ष थापाले बताएका छन् ।

यस्तै, गाउँपालिकाले पूर्वाधार विकास कार्यक्रमको भौतिक पूर्वाधार विकास तर्फगाउँपालिका केन्द्रलाई जिल्ला सदरमुकामसम्म र गाउँपालिकाको केन्द्रबाट वडा केन्द्र जोड्ने सडकहरुलाई निर्माण तथा स्तरोन्नत्ति गर्न प्राथमिकता दिने नीति लिईने छ ।

समुदायबाट पहिचान गरिएका भौतिक पूर्वाधारका क्षेत्रहरुको निर्माण, सार्वजनिक तथा निजी क्षेत्रबाट सञ्चालन गरिने हरेक खालका विकास निर्माण तथा सेवा प्रक्रियामा वातावरण संरक्षण तथा प्रवर्द्घन, र्सार्वजनिक सडकको दाँयाबाँया वृक्षारोपण गर्नुपर्ने नीति गाउँपालिकाले बनाएको छ ।

पूर्वाधारको विकास एवं निर्माण गर्दा आर्थिक तथा सामाजिक रुपले पछाडि परेका वर्ग, समुदाय, जाती र क्षेत्र लाभान्वित हुने गरी सन्तुलन कायम गर्ने पनि गाउँपालिकाले नीति लिएको छ ।

गाउँपालिका भित्रका रणनीतिक सडकहरुको पहिचानको लागि आवश्यक मापदण्डहरु तयगरी सबैखाले सडकहरू मापदण्ड भित्रको जग्गा लगत कट्टा गर्दै जाने, सडक र आयोजनाहरुको अभिलेख तयार गर्ने, हरेक बर्षो चैत्र मसान्तभित्र पूर्वाधार तर्फा आयोजनाहरू सम्पन्न गराउने नीति गाउँपालिकाले ल्याएको छ ।

आफ्नो वडाभित्रका सबै योजनाहरुको सबैभन्दा पहिला उपभोक्ता समिति गठन, सम्झौता र सम्पन्न गराउने वडालाई आगामी बर्षदिइने बजेटमा रकममा थप अंक प्रदान गरिने, रोलर, डोजर, एक्साभेट, विटुमिन प्रयोग हुने योजनाहरु ठेक्का प्रक्रियाबाट गर्ने, उपभोक्ता समितिको नगद लागत सहभागिता हुने र वास्तविक जनसहभागिता जुटने योजनाहरु उपभोक्ता समिति मार्फ गर्ने भएको छ ।

यस्तै, बस्ती विकास, शहरी योजना तथा भवन निर्माण सम्वन्धी आधारभूत मापदण्डलाई परिस्कृत गरी कडाइका साथ कार्यान्वयन गराउने भएको छ । भूकम्प प्रतिरोधी भवन निर्माण आचार संहितालाई प्रभावकारी रुपमा सञ्चालन गरिने, सरकारी भवनहरु निर्माण गर्दा अपाङ्ग मैत्री भएमा मात्र नक्सा पास गर्ने, नक्शा पास गर्ने गराउन र भूकम्प प्रतिरोधी भवन बनाउन आवश्यक तालिम र सचेतनामूलक कार्यक्रम सञ्चालन गर्ने गाउँपालिको नीति रहेको छ ।

गाउँपालिको सडक मापदण्डलाई कडाइका साथ कार्यान्वयन गर्ने भएको छ । बन्दीपुर बजार संरक्षण मापदण्डलाई कर्डाईका साथ कार्यान्वयन गर्ने, यस क्षेत्रमा नक्सा पास गर्दा दिइदै आएको छुटको नीतिलाई हटाइ नयाँ नीति अगाडि ल्याएको छ ।

त्यस्तै, गाउँपालिकाले सूचना प्रविधि नीति अन्तरगत आगामी आर्थिक वर्षाट गाउँ कार्यपालिका कार्यालय र वडा कार्यालयहरुबीच इन्टरनेटको माध्यमबाट रिपोर्ट पेश र स्वीकृति गर्ने अभ्यासको शुरुवात गर्ने भएको छ । एक वडा एक सूचना केन्द्र स्थापना गर्ने, गाउँपालिकाको केन्द्र र वडा केन्द्रमा -टेलिफोन र इन्टरनेटको) सिधै सञ्चार सञ्जाल निर्माणलाई प्रभावकारी बनाउने भएको छ ।

उर्जा र बैकल्पिक उर्जा क्षेत्रमा गाउँपालिकाले राष्ट्रिय तथा शाखा लाइनको विस्तारका लागि बजेटको व्यवस्था गरेको छ । लघु जलविद्युत, पेल्टि्रसेट हाइड्रोपावर तथा सौर्य उर्जाको माध्यमबाट उज्यालो बन्दीपुरको नीतिलाई निरन्तरता दिने भएको छ । बैकल्पिक उर्जाको उपयोगलाई प्राथामिकता दिने र साना जलविद्युत आयोजनाको निर्माण र उपयोग सम्वन्धमा अध्ययन गर्दै जाने नीति गाउँपालिकाले लिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker