सहकारीले पनि कर तिर्नुपर्ने – नगरप्रमुख कंडेल

गाेरखाकाे पालुङटार नगरपालिका काे अायाेजनामा स्थानीय सहकारी ऐन, काेपाेमिस र सहकारी नियमक निकायकाे क्षेत्र अधिकार बारे अभिमुखीकरण कार्यक्रम शुरू भएकाे छ। नगरपालिकाकाे सभाहलमा नगरप्रमुख ई दिपकबाबु कंडेल काे सभापतित्वमा सम्पन्न कार्यक्रममा दिलेन्द्रबहादुर देवकोटाले स्वागत मन्तव्य राख्नुभएकाे थियाे । कार्यक्रमकाे उदघाटन समाराेहमा बाेल्दै सहकारीहरूले पनि राज्यलाई कर तिर्नुपर्ने बताउनुभयाे । कार्यक्रममा केन्द्रीय सहकारी बाेर्डका सदस्य एवं वडा नं ६ का वडाध्यक्ष गाेविन्द बराकाेटिले सहकारीको सहअस्तित्व का बारेमा जानकारी गराउनुभएकाे थियाे । २ दिनसम्म सञ्चालन हुने अभिमुखीकरण कार्यक्रममा सराेज देवकाेटा, चेतकुमारी श्रेष्ठ, भीमबहादुर श्रेष्ठ, अधिबक्ता दिपक कुमार श्रेष्ठ, बाबुराम काेईराला लगायतकाले सहजीकरण गरिरहनुभएकाे छ । नगरपालिका भित्र विभिन्न क्षेत्रमा काम गर्ने उद्वेश्यका साथ ५१ वटा सहकारी रहेका छन् । संघीयतापछि परिबर्तित स्थानीय सहकारी ऐन का बिषयमा जानकारी प्रदान गराउने उदेश्यका साथ कार्यक्रमकाे अायाेजनामा गरिएकाे नगरपालिकाले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker