महिलाहरुलाई क्षमता अभिवृद्धि तालिम प्रदान

विरुवाटार, गोरखा, असार १७ गते । गोरखाको पालुङ्टार नगरपालिका वडा नं. ७ ले महिलाहरुका लागी नेतृत्व विकास तथा क्षमता अभिवृद्धि तालिम प्रदान गरेको छ । महिला लक्षित कार्यक्रम अन्तगर्त तालिम प्रदान गरिएको वडाले जनाएको छ ।
वडा कार्यालय विरुवाटरा गरिएको दुई दिने सो तालिमको मङ्गलबार पालुङटार नगरपालिकाको उपप्रमुख पम्फा बसेलले समापन गर्नु भयो । सो अवसरमा उपप्रमुख बसेलले महिलाहरु क्षमता भएर पनि अवसर नपाएकोले पछि परेको बताउनुभयो । संविधानले दिएको अधिकारबाट महिलाहरु पदमा पुग्ने अवसर पाएपनि भने क्षमता अभिवृद्धि हुन पुगेको बताउनु भयो ।
कार्यक्रम नगर कार्यपालिकाकी सदस्य सावित्रा बिकको अध्यक्षतामा भएको थियो । कार्यक्रममा वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठ , वडा सदस्य भगवती कुमाल , प्रशिक्षद्धय भरतराज पाण्डे, अमरराज नहर्की, तालिमका सहभागीहरु सिता पाण्डे, कोपिला कुमाल, कल्पना नहर्की लगायतले महिलाहरुको आत्मबल बृद्धी गर्न यस्ता तालिमको व्यापकता दिई पछाडी परेका महिलाहरुलाई अगाडि बढाउन जरुरी रहेको कुरामा जोड दिनु भएको थियो ।
कार्यक्रमको संयोजन गोरखा संसार मिडिया प्रालिका सञ्चालक रविन्द्र कंडेलले गर्नुभएको थियो । वडा भित्र रहेका सम्पूर्ण टोलको प्रतिनिधित्व हुने गरी ५० जनाको सहभागिता रहेको थियो । तालिममा क नेतृत्व कसरी लिने, कार्यक्रम कसरी सञ्चालन गर्ने , भाषाको प्रयोग, समाचार संकलन लगायतका विषयमा प्रशिक्षण दिईएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker