विसं २०७५ चैत १० गतेदेखि सञ्चालन गरिएको एसइई परीक्षाको नतिजा प्रकाशनको तयारी अन्तिम चरणमा पुगेको परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका उपनियन्त्रक चेतनाथ शर्माले जानकारी दिए ।
कार्यालयले बुधबार परीक्षा सार्वजनिक गर्ने गरी तयारी गरेको बताउँदै उनले कुनै प्राविधिक त्रुटी नभए आज र प्राविधिक त्रुटी आए बिहीबारसम्ममा नतिजा सार्वजनिक गर्ने गरी काम भइरहेको जानकारी दिए ।
कार्यालयले हिजो सार्वजानिक सूचना जारी गर्दै परीक्षाको नतिजा विभिन्न वेवसाइट, एसएमएस र आइभिआरबाट हेर्न सकिने व्यवस्था गरेको जानकारी दिएको छ।
एसइइको रिजल्ट थाहा पाउन नेपाल टेलिकमका फोनहरुबाट १६०० मा आईभिआर र एसएमएस गरेर पनि लिन सकिन्छ भने एनसेलका मोबाईल बाट १६०० मा एसएमएस गरेर पनि जानकारी लिन सकिन्छ ।
त्यस्तै गरी www.see.gov.np, www.doe.gov.np, www.moest.gov.np, www.see.ntc.net.npमा गएर पनि रिजल्ट हेर्न सकिने परिक्षा नियन्त्रण कार्यालय सानोठिमीले जनाएको छ ।