पालुङटार ६ मा एम्बुलेन्स खरीद सहयोगार्थ महायज्ञ सम्पन्न, उठयो १६ लाख

रविन्द्र कंडेल
असार ८, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ६ पौवाटारमा एम्बुलेन्स खरीदको लागी सहयोगार्थ महायज्ञ सम्पन्न भएको छ । कार्यक्रमको समापन समारोहमा बोल्दै प्रमुख अतिथिको रुपमा पालुङ्टार नगरपालिका का प्रमुख इ. दिपकबाबु कंडेलले आयोजकले गरेको शाहसको प्रसंसा गर्दै पवित्र उद्धेश्यको लागी आयोजित यस महायज्ञबाट उठेको रकमबाट छिटै एम्बुलेन्स ल्याउन र त्यसलाई सहि सदुपयोग गर्न समेत सुझाव दिनुभएको थियो । सोही क्रममा उहाँले एम्बुलेन्स खरीद तथा सञ्चालनको क्रममा नपुग हुने रकम नगरपालिकाले सहयोग गर्ने प्रतिवद्धता समेत व्यक्त गर्नुभयो ।
सोही अवसरमा बोल्दै वडा नं.६ का वडाध्यक्ष गोविन्द बराकोटीले आफ्नो वडामा गरिएको यस महायज्ञबाट संकलित रकमबाट एम्बुुलेन्स खरीद गरी सही सदुपयोग हुने प्रतिवद्धता व्यक्त गर्नुभएको थियो ।
समापन कार्यक्रमका अवसरमा उत्कृष्ट दानवीरहरुलाई सम्मान समेत गरिएको थियो । उत्कृष्ट दानवीरहरुमा अधिकारी परिवार, नन्दकुमारी खत्री, वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटी, नन्द कुमारी अधिकारी र नरेन्द्र बहादुुर सुवेदी रहनुभएको छ । महायज्ञमा सवैभन्दा धेरै रकम पालुङ्टार नगरपालिका वडा नं. ६ निवासी अधिकारी परिवारको तर्फबाट सुरेन्द्र अधिकारीमार्फत ७७ हजार ७ सय ७७ रुपैयाँ दान गर्नुभएको थियो । त्यस्तै वडा नं.७ निवासी नन्द कुमारी खत्रीले नगद रु.६५ हजार ५ सय ६६ रुपैयाँ दान गर्नुभएको थियो । वडा नं. ६ का वडाध्यक्ष गोविन्द बराकोटीले नगद रु. ५५ हजार ५ सय ५५ रुपैयाँ, वडा नं. ७ कै नन्द कुमारी अधिकारीले ५१ हजार १०१ रुपैयाँ र वडा नं. ६ निवासी नरेन्द्र बहादुर सुवेदीले ५० हजार ५सय ५ रुपैयाँ दान गर्नुभएको थियो ।
महायज्ञबाट सवै खर्च कटाएर कूल १४ लाख १४ हजार रुपैयाँ बचत भएको क्लबले जनाएको छ । कूल बचतमध्येबट आधा रकम (७ लाख ७ हजार) मात्र एम्बुलेन्स खरीदको लागी उपयोग गर्न सकिने भएको हुँदा अरु थप रकम जुटाउन आवश्यक रहेको बताइएको छ ।
महायज्ञ अवधीभर कथा शिरोमणि पं. दिपक प्रसाद पौडेलले कथाबाचन गर्नुभएको थियो । उहाँले कार्यक्रम समापनको अवसरमा बोल्दै यस स्थानमा एम्बुलेन्स खरीदको लागी गरिएको यस महायज्ञको औपचारिक समापन भएको भएतापनि एम्बुलेन्स खरीद र सञ्चालनमा नल्याउँदासम्म आफ्नो उद्धेश्य पुरा नहुने भन्दै सदैव आफूले सहयोग गरिरहने बताउनुभयो ।
प्रगतिशिल युवा क्लबका अध्यक्ष राजीव मल्लको अध्यक्षतामा भएको समापन समारोहमा गम्भीरा बराकोटीले स्वागत मन्तव्य राख्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker