नेपाली कांग्रेस पालुङटारको प्रथम नगर सम्मेलन सम्पन्न

रविन्द्र कंडेल
असार ७, गोरखा ।
नेपाली कांग्रेस पालुङटारको प्रथम नगर सम्मेलन नगर वडा नंं. ७ च्याङलीमा सम्पन्न भएको छ । नेपाली कांग्रेस पालुङटारका सभापति एवं पालुङटार नगरपालिकाका नगर प्रमुख इ. दिपक बाबु कंडेलको अध्यक्षतामा सम्पन्न सम्मेलनमा नेपाली कांग्रेसका सह महामन्त्री प्रकाश शरण महत प्रमुख अतिथिको रुपमा रहनुभएको थियो ।
प्रमुख अतिथिको रुपमा बोल्दै प्रमुख अतिथि महतले नेपाली कांग्रेसभित्रको अन्तरविरोधहरुलाई टुङ्ग्याउँदै सुदृढ भएर अघि बढनुपर्ने बताउनुभयो । सोही क्रममा बोल्दै उहाँले सत्ता सञ्चालको लागी सपर्मण र इमान्दारिता आवश्यक पर्ने तर ओेली सरकार संग नभएको बताउनुभयो । उहाँले नेपाली काँग्रेसका कार्यकर्ताहरुलाई जनताको घरघरमा जान र जनतालाई पार्टीले गरेका कामहरुको बारेमा जानकारी गराउन समेत निर्देशन दिनुभयो ।
त्यस्तै कार्यक्रममा बोल्दै नेपाली काँग्रेसका केन्द्रिय सदस्य एवं प्रखर बक्ता युवा नेता गगन थापा ले नेपाली कांग्रेसले इमान्दार प्रतिपक्षीको भूमिका निर्वाह गरिरहेको तर सत्तासिन पार्टी जनताप्रति इमान्दार नरहेको आरोप लगाउनुभयो । साथै प्रधानमन्त्रीले भ्रष्टाचारीहरुलाई प्रश्रय दिएको समेत आरोप लगाउनुभयो ।
संविधानले दिएको अधिकार सरकारले हरण गर्न कोसिस गरिरहेको मा उहाँले दुःख व्यक्त गर्नुभयो साथै मिडिया काउन्सिलको विधेयक सरकारले ल्याउन लागेकोमा यस विधेयक फिर्ता गर्नुपर्नेमा जोड दिनुभयो ।
चुनावी माहोललाई सम्झदै डा भट्टराइप्रति पनि असन्तुष्टि ब्यक्त गर्नुभएको थियो र भटराइको ३ वर्षपछि क्षमा पुजा गर्ने बताउनुभयो ।
नेपाली काँग्रेस पालुङ्टारका संगठन बिभाग प्रमुख बिमल ढकालले स्वागत मन्तव्य राख्नुभएको सम्मेलनमा नेपाली कांग्रेसका केन्द्रिय सदस्य हरु कमला पन्त, सुरेन्द्र पाण्डे, चिनकाजी श्रेष्ठ, गोरखा जिल्ला सभापति हरि बहादुर घले, नेपाल मुस्लिम संघका केन्द्रिय सदस्य अब्दुल सतार लगायतकाले आफ्ना भनाइहरु राखेका थिए । त्यस्तै गरी ने.वि.संघका अनिल थपलिया, क्षेत्रिय उपसभापति नारायण गुरुङ, महिला संघकी जिल्ला सभापति मन कुमारी गुरुङ, प्रदेश शाँसद एवं महासमिति सदस्य प्रकाश चन्द्र दवाडी, क्षेत्रिय सभापति गोविन्द गुरुङ लगायतकाले समेत मन्तव्य राखेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker