“झमझम पानि परेको रात” गितकि मोडेल जुना गुरुङ्ग चर्चामा पदम बोहोराको “आत्मा” गितमा अभिनय भिडियो सहित

कविराज ढकाल गोर्खा नेपाल || पछिल्लो समयमा नेपाली लोक गित निकै चर्चा परिचर्चामा छ | यसै क्रममा गयिका तुलसी धर्ति मगर र गायक पदम बोहोराको स्वरमा आत्मा बजारमा आएको छ | जसमा लय शब्द पनि गायक आफै पदम बोहोराको रहेको छ | मर्मस्पर्शी शब्दले भरियको गित आत्मा केही समय अगाडी बजारमा सार्वजनिक भयको थियो |

तिर्सना म्युजिक प्रा.ली.को प्रस्तुतीमा रहेको गितमा बावुराम बोहोराले फरक शैली निर्देशन दुर्गा पौडेलको छायांकन र विष्णु शर्माको सम्पादनमा रहेको  छ | भने जुना र देव बोहोराको उतिकै मार्मिक अभिनयमा रहेको छ |

पछिल्लो समय जुना गुरुङ्ग मोडेल क्षेत्रमा एक सक्षम र अव्वल रुपमा आफुलाई चिनाऊन सफल भएकि छिन् | गोरखा आरुघाटमा जन्मेर हुर्केर सानै उमेरमा नाच्न अक्टिङ्ग गर्न साह्रै रुचाऊथिन् | काठमाडौ रहेर हाल एक बर्ष भित्रको अवधिमा उनिले 35 भन्दा म्युजिक भिडियोमा अभिनय गरेकि छन् | सबै गितबाट उनले राम्रै प्रतिकृया पाएकि छिन र अघि बढ्नलाई हौसला पनि बढाईरहेकी छिन् | उनमा रहेको कलाले नेपाली लोक दोहोरी क्षेत्रलाई  सदैव जिवित नै राखिरहेने छ र उनिबाट नया सिर्जनाहरुलाई प्रेरणाको हैसला मिल्ने पनि छ  |
बजारमा दोहोरी साझ गाऊ वेशी उकाली ओराली भन्ज्याङ्ग चौतारीमा घन्किने सुमधुर गितहरुमा पनि जुनाको अभिनय रहेको पाईन्छ | बजारमा निकै चर्चामा रहेको गित झिम झिम पानि परेको रात बोलको गितमा पनि उनको अभिनय रहेको छ | क्रमश मोडिङ्ग क्षेत्रमा आफ्नो कृर्तिमान राख्दै गएकि गुरुङ्गलाई अहिले म्युजिक भिडियो खेल्न धेरै अफर आईरहेको हुन्छ र धेरै जसो उनि व्यस्त नै हुन्छिन् | उनले अभिनय गरेका गितहरु पराई भयौ सानु , गाऊ रमाईलो भा छ , ए प्रदेशी कान्छो , तिम्रो सिन्दुर , सागर धोले , एऊटा कुरा सुन्छौ , दुई दिन खुसी आदि रहेका छन् |
साह्रै मिलन सार भावना भएकि गुरुङ्ग झट्ट हेर्दा निकै चर्चित मोडेल रन्जिता गुरुङ्गको याद मेटाऊछिन् |

उक्त गित Tirsina music को Official youtube channel बाट बजारमा आएको थियो |

मोडेल जुना गुरुङ्ग लाई यहाहरुको केही सकारात्मक र रचानात्मक सल्लाह भए सहि सल्लाह सुभाव दिन उनको बाकि सांगितिक जिवन यात्रा सुखमय वनाईदिनुहोला ||

भिडियो

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker