नगरपालिका काे गाडी दुर्घटनामा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलसहित ७ जना कर्मचारी घाईते

असार ४ गते ।
खैरहनी नगरपालिकाको गाडी चितवनको रत्ननगरमा बुधवार दुर्घटनामा परेको छ । दुर्घटनामा नगर शिक्षा अधिकारी महेन्द्र पौडेलसहित ७ जना कर्मचारी घाईते भएका छन् ।

भरतपुरबाट कार्यालय तर्फ आउँदै गरेको बा १७ च ६७९७ नम्वरको नगरपालिकाको गाडीले स्कुटरलाई वचाउने क्रममा विपरित दिशाबाट जाँदै गरेको ना ३ ख १८६३ नम्वरको मिनीवसले नगरपालिकाको गाडीलाई ठक्कर दिएको थियो । दुर्घटनामा नगर शिक्षा अधिकारी पौडेल,कृषि शाखा प्रमुख श्रीकान्त घिमिरे,स्वास्थ्य शाखा संयोजक माया पाण्डे, लेखापाल केशव वराल,महिला तथा वालवालिका शाखाकी विमला रानाभाट,अनिता पन्त र चालक सुदामा चौधरी सवार थिए ।

घाईतेहरुको  चितवन मेडिकल कलेजमा उपचार भईरहेको नगरपालिकाका प्रमुख प्रशासकीय अधिकृत पुरुषोतम शर्माले जानकारी दिए । घाईतेहरुको अवस्था सामान्य रहेको वताईएको छ । खैरहनी नगरपालिकाका मेयर लालमणी चौधरीसहितको टोलीले दुर्घटनामा घाईते भएकाहरुलाई अस्पतालमा भेट गरी स्वास्थ्य अवस्था वुझि स्वास्थ्य लाभको कामना गरेका छन् । दुर्घटनामा नगरपालिकाको गाडीमा पुर्ण क्षती भएको छ । यसअघि पनि खैरहनी नगरपालिकाको गाडी रत्ननगरकै शान्तिचोक नजिकै दुर्घटना हुँदा २ जना वडाध्यक्षहरुको ज्यान गएको थियो ।

२०७४ साल माघ ६ गते भएको सो दुर्घटनामा खैरहनी ४ का वडाध्यक्ष नरेन्द्रनाथ अधिकारी र वडा नम्वर ५ का वडाध्यक्ष विश्वविजय वस्नेतको ज्यान गएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker