मोहन र विमलले लोक दोहोरी फिल्मै स्टाईलमा ढाल्दै 8 लाखको लगानीमा गाईन विष्णु माझीले ‘ए तिम्रो माया’ (भिडियो सहित)

कविराज ढकाल गोर्खा नेपाल  || पछिल्लो समयमा निकै चर्चामा रहेकी गायिका विष्णु माझी दिनहुं लोकप्रिय बन्दै छिन् | पछिल्लो समयमा बजारमा निकै चलेका गितहरु ‘सालको पातको टपरी’ , ‘लालुमै’ , ‘पिडालु’ ‘आशुको कारखाना’ , ‘अभाव’ आदी गितहरुमा पनि उनकै सुमधुर आवाज सुन्न पाईन्छ |  गायक मोहन खड्का र विष्णु माझीले अहिले सम्म करिव 30 भन्दा बढि गितहरुमा सहकार्य गरेका छन् र सबै गितहरु चर्चाका शिखरमा छन् | जसमा लाल्टिन , सुन सबैले सुन , के यस्तो हुन लेखेको , कालि तरौला , मर्ने मिति , गोरेटो , हारे भगवान आदी चर्चामा छन् |

विष्णु माझी र मोहन खड्काको जादुमय स्वरमा ‘ए तिम्रो माया’ बजारमा आएको छ | जसमा शब्द विमल अधिकारी रहेको छ भने लय मोहन खड्का आफैको रहेको छ  | खड्काले लय निकै मिठो मधुर अनि सुनेर कहिल्यै नअधाऊने वनाएका छन् |

भावना म्युजिक सोलुशनको प्रस्तुतीमा रहेको गितमा कपिल लामाले फरक शैलीबाट निर्देशन गर्नुभएको छ |  नेपाली लोक दोहोरी गितलाई फिल्मी टाईममा ढल्काऊन लागिएको र गितको सुटिग गर्न निकै खर्चिलो लागेको निर्देशकले वताऊनुभएको छ |
उक्त गितको लागि करिव 8 लाख खर्च भएको र लोक दोहोरीमा अत्यन्तै फरक किसिमले बजारमा ल्याईएको भिडियोले प्रष्ट पारेको छ | उक्त गितमा सुटिङ गर्न 5 दिन लागेको र भिडियो सिनहरु असाध्यै फरक फरक किसिमका छन् |

उक्त गितको भिडियोमा उत्सव दाहालको छायांकन र विकास ग्यावलीको सम्पादनमा रहेको  छ | भने विमल अधिकारी र सारिका के.सी.को उतिकै मार्मिक अभिनयमा रहेको छ | मोडेल अधिकारीलाई घोडामा तरबारका साथमा देख्न पाईएको छ र  साथसाथै सुनिल थापा को पनि अभिनय रहेको छ |
उक्त गित भावना म्युजिक सोलुशनको  Offical youtube channel बाट बजारमा पठाईएको छ |

भिडियो

https://youtu.be/tZTqUjE0uQg

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker