तेजस रेग्मीको “पिडालु” 50 लाख भन्दा बढि दर्शक स्रोताको नजरमा कुलेन्द्र र रक्षाको अभिनयले चर्चाको शिखरमा

कविराज ढकाल गोरखा नेपाल | तेजस रेग्मी पछिल्लो समयमा भगेरी पिडालु गितबाट सांगितिक बजारमा निकै चर्चामा आएका छन् | नेपाली लोक तथा दोहोरी गितलाई निकै माया गर्ने रेग्मी आफैमा सक्षमा सर्जक गायक गितकार संगितकार र मोडेल पनि हुन् | पछिल्लो समयमा उनि फरक फरक स्वादका गितहरुका साथै अभिनयमा पनि उत्तिकै सरिक रहेका छन् | यसभन्दा अगाडी पनि उनका गितहरु कयै चर्चाको शिखरमा थिए | उनि आफै गितहरु सिर्जना गर्छन् | पुरानो डायरी , नाकै हेर्दा था हुनी , वेसार मसला , बलराम , एक्लो जिन्दगी , ससुरालीलाई चिठ्ठी , माईति माया , माया पिरिम सिकाऊने मास्टर चाहिया छ ,भाले जुधाई , रक्षा वन्धन , भगेरी  , आदी गितबाट निकै चर्चामा पनि छन् | उनका तिज गितहरु पनि प्रशस्तै छन् |

केही समय अगाडी उनको एऊटा गित बजारमा आएको थियो जुन गितमा उनको आफ्नै लय शब्द रहेको छ | तेजश रेग्मी र विष्णु माझीको स्वरमा रहेको गीत ‘पिँडालु’ले सार्वजनिक भए देखिनै चर्चा पाइरहेको थियो । इनाक्षी इन्टरटेन्मेन्ट युट्युब च्यानल मार्फत सार्वजनिक गरिएको यो गीत 2 महिनामै 53 लाख पटक हेरिएको छ ।

डान्सिङ प्याटर्नको यो गीत सार्वजनिक भएकै दिन युट्युबको ट्रेन्डिङ पर्दै चर्चित बनेको थियो । गीत युट्युब सँगै टिकटकमा समेत भाईरल बन्दै गईरहेको छ | छोटो समयमा नै 53 लाख भ्युज पाएपछी यतिखेर उनको पिडालु टिम नै हर्षित छ |

बिशुद्द लोक संस्कृति झल्काउने खालको गीत भएकाले दर्शक स्रोताले मन पराएको इनाक्षी इन्टर्टेन्मेन्टका निर्देशक रामप्रसाद कंडेल बताउँछन् ।

शिव बिकको निर्देशन रहेको गीतको भिडियोमा सालको पातको टपरी गितको चर्चित गायक कुलेन्द्र बिक, तेजस रेग्मी र भद्रगोलकी रक्षा श्रेष्ठको फिचरिङ् छन । दीपक सापकोटा, शशीधर कंडेल र केशब शर्मा पनि भिडियोमा अतिथी कलाकारको रुपमा फिचरिङ छन् । गीतको भिडियोलाई रामेश्वर कार्कीले छायाँकन र सुजन शाहीको सम्पादन गरेका छन् ।

गित पछिल्लो समयमा जुनसुकै कार्यक्रममा पनि निकै चर्चामा आईरहेको र जताजतै गाना धन्किरहेको पाईन्छ | यस गितबाट अझै रेग्मीलाई अगाडी बढ्न हैसला प्रेरणा पनि मिलेको छ  |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker