मनिस राऊत “प्रेमगित 3” चलचित्रमा मुख्य अभिनेताको रुपमा छनोट

कविराज ढकाल गोरखा नेपाल । ‘प्रेमगीत ३’ नामक चलचित्रमा मुख्य अभिनेता सार्वजनिक गरिएको छ । निर्माण टिमले चलचित्रको मुख्य अभिनेताका रुपमा मनिस राऊतलाई दर्शकसामु प्रस्तुत गरेको हो ।

आसुसेन फिल्मस् प्रोडक्सनको ब्यानरमा निर्माण हुनलागेको उक्त चलचित्रमा मनिष राउतले मुख्य अभिनेताको रुपमा डेब्यु गर्ने भएका छन् ।

मनिषले चलचित्र कलेज अस्कर इन्टरनेश्नलमा अभिनय अध्ययन गरेका छन् । उनले दर्जनौं लघु चलचित्रमा काम गरेका छन् । उनि आफैमा एक अव्वल अभिनेता हुन् | उनको यहि अव्वल पनले गर्दा आज फिल्मि क्षेत्रमा निकै चर्चित भएका छन् |

निर्माण टिमले राउतका केही क्यारेक्टर पोस्टर सार्वजनिक गरेको छ । पोस्टरमा राउत छुटै वेशभुषाका साथमा  बन्दुक र बन्चरोसहित देखिएका छन् । भने चलचित्रलाई छेतन गुरुङ्ग र सन्तोष सेनले संयुक्त रुपमा निर्देशन गर्दैछन् । चलचित्र छेतेन गुरुङ्ग र मन्दिप गौतमले लेखेको हुन् ।

‘प्रेमगीत ३’ को लागि मुख्य अभिनेत्रीका लागि अडिसन चलिरहेका वेला अभिनेता सार्वजनिक गरेको हो । चलचित्र यहि बर्षभित्र प्रदर्शनमा आउन बताइएको छ ।


Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker