विष्णु माझि र गणेश अधिकारीको “आगो” सार्वजनिक आशिर र सितालाई जलायो

कविराज ढकाल गोरखा नेपाल || पछिल्लो समयका सोलो विट गितको माध्यमबाट सर्जक तथा गायक गणेश अधिकारी निकै चर्चामा छन् | आशुको  कारखाना , अभाव , पिडाको राजधानी , नामर्द , वलिदान , मुटुको छेऊकुना  , चिहान , दु:ख सर्ला , कहानी , मेरो असल साथी आदी गितको माध्यमबाट उनि सांगितिक बजारमा निकै चर्चामा छन् | अधिकारी नेपाली लोक दोहोरी क्षेत्रका एक अव्वल व्यक्तित्व पनि हुन् | उनको सिर्जनाबाट फरक फरक किसिमको स्वादहरु लिन पाईन्छ यानाकी उहाको लय शब्द अरुको भन्दा फरक किसिमको र केही सन्देश मुलक पनि हुन्छ | गुल्मीमा जन्मिएर हुर्किएका अधिकारी अहिले योग्सना डिजिटल चलाएर बसिरहेका छन् | उहाको नया नया प्रस्तुती हेर्नको लागी धेरै दर्शक स्रोता आतुरमा हुन्छन् |

भखरै बजारमा उहाको नया गित ‘आगो’को निकै चर्चा चलिरहेको छ जसमा उनको आफ्नै लय तथा शब्द रहेको छ | गीत आगो भर्खर हिजो सार्बजनिक भएको छ ।

पछिल्लो समयकि निकै चर्चित गायिका जादुमय स्वरकी धनी बिष्णु माझी र गणेश अधिकारीले उक्त गितमा आवाज दिएका छन् | सो गीतको सम्पुर्ण पक्ष निकै दमदार रहेको छ । गीतमा माया प्रेममा बिछोडिएको पिडालाइ उठाउन खोजेको छ ।

गीतको म्युजिक भिडियो समेत त्यतिनै दमदार रहेको छ । गीतलाइ मेहनती निर्देशक स्मृति तिमिल्सिना ‘गुरुआमा’ले निकै फरक तरिकाले निर्देश गरेकी छन भने मोडेलहरु आशिर प्रताप जंग र सिता धमलाको उत्तिकै मार्मिक अभिनय रहेको छ । गीतलाई प्रकाश धमलाले सम्पादन गरेका छन ।

Heartbeat Nepal को Offical youtube Channel बाट गित बजारमा आएको छ सारा दर्शक स्रोताको मन जित्ने आशा गरिएको छ |

  1. https://youtu.be/PhKe0AYqUM0

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker