सालको पातको टपरी पछी वसन्त र नवराजको नया सहकार्य ‘उडायो पात हुरिले’ बजारमा

  1. कविराज ढकाल , गोरखा नेपाल  पछिल्लो समयमा नेपाली लोक तथा दोहोरी गित निकै चर्चा परिचर्चामा आईरहेको छ | केही समय अगाडी बजारमा आएको गित सालको पातको टपरीले नेपाली लोक दोहोरीमा एऊटा छुट्टै इतिहास कायम गरेको छ | जुन गित अहि 5 करोड दर्शक स्रोताको नजरमा पुग्दै छ | जसमा चर्चित गायिका विष्णु माझी र गायक कुलेन्द्र विश्वकर्माको आवाज रहेको छ भने शब्द नवराज पन्थ र लय वसन्त थापाको रहेको थियो | Basanta Thapa Offical youtube channel बाट गित बजारमा आएको छ र सारा नेपालीको मन जितेको थियो | यस भन्दा अगाडी पनि थापा र पन्थ विच धेरै गितहरु सहकार्य भएका र चर्चाको शिखरमा पुगेका थिए डाडै फुर्कै सल्लो , मायालुले मलाई त सहरिया भन्छ , धौलागिरी हिमालको छाया , मिनि बसले लग्यो , पिलिपिली जुनकिरी आदी रहेका छन् |

यसै क्रममा फेरी आज वसन्त र नवराज दुवै जना नया गितमा सहकार्य गरि बजारमा ल्याएका छन् | जसमा नवराज पन्थको मिठो शब्द वसन्त थापाको उत्कृष्ट लय रहेको छ भने स्वरमा चाही मेलिना राई र वसन्त आफैको रहेको छ |
गितमा सुनिल क्षेत्रीले फरक शैली निर्देशनमा सुनिल क्षेत्री र एलिसा शर्माको उतिकै धम्केधार अभिनयमा रहेको छ |
उक्त गित Basanta Thapa Offical youtube channel बाट बजारमा आएको छ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker