कुलेन्द्र विक र सरिता कार्किको आवाज करिष्मा ढकाल र महेन्द्र गौतमको अभिनयमा “निष्ठुरे” सार्वजनिक

कविराज ढकाल , गोरखा नेपाल |
पछिल्लो समय बजारमा नेपालि लोक तथा दोहोरी गितहरुले निकै चर्चा परिचर्चा पाई रहेको छ | धेरै गितहरु करोडौ क्लवमा प्रवेश गरेका छन् भने कयौ गितहरु दर्शक स्रोताहरुको मन जित्न सफल भएका छन् | कयौ सर्जक गायक संगितकारहरु को बजारमा गित आऊने क्रम को कमि छैन | यसै सन्दर्भमा चर्चित  गायक एवम् सर्जक कुलेन्द्र विश्वकर्मा र लोकप्रिय गायिका सरिता कार्किको नयाँ गीत “निष्ठुरे”  सार्वजनिक भएको छ |

भखरै बजारमा रिलिज गितमा गितकार संगितकार  सर्जक शिव हमालको उत्कृष्ट लय शब्द सृर्जना रहेको पाईन्छ भने लोकप्रिय गायक कुलेन्द्र विश्वकर्मा (सालको पातको टपरि)  र लोक प्रिय गायिका सरिता कार्कि (लागछ माया) को सुमधुर आवाजमा  सजिएको पाईन्छ । माया प्रेमको कथाबस्तुमा तयार गीतको शव्द पनि मर्मस्पर्शी छ ।
यसअघि कुलेन्द्र र सरिताले धेरै गितमा सहकार्य गरेका छन् र कयौ गितहरु चर्चामा छन् | खोलिमा जलुका , लाऊछ माया
लगायत गितहरुमा सहकार्य गरेको छन् केहि समय अघि बजारमा आएको लागछ माया 60 लाख भन्दा बढि दर्शकले मन पराएका थिए |

चखेवाको जोडि झै बोलानी
कालले कुरे भाग्यमा जुरे कति माया गर्या छु मैले किन कुरा           बुझ्दै निष्ठुरे

केटा :- भन्दा भन्दै तिमि र तपाई
दिल बसेछ सुटुक्क चाल नपाई

केटी :- तिमि सुर्य म सुर्यमुखी
तिम्रै नाममा चल्छ यो ढुकढुकी

उक्त गितको अडियो मात्रै नभई  म्युजिक भिडियो  पनि  निकै उत्कृष्ट रहेको छ
प्रकाश भट्टको निर्देशन रहेको गीतको म्युजिक भिडियोमा चर्चित चर्चित मोडेलहरुको डान्सिग फिचरिंग रहेको छ | महेन्द्र गौतम र करिष्मा ढकालको डान्सिग फिचर रहेको गितको म्युजिक भिडियोको सिनहरु पनि उत्कृष्ट रहेको छ  | यस अघि उनिहरुको  धेरै गितहरु बजारमा आएका छन् र चर्चामा पनि रहेको छ | SARITA KARKI को आफ्नै अफिसियल युट्युब च्यानलबाट उक्त गित सार्वजनिक गरेका छन् ।

गीतको म्युजिक भिडियो
https://youtu.be/DMwspANz7fw

यहाहरुको प्रतिकृया

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker