पालुङटार ६ मा महायज्ञ हुँदै, महायज्ञबाट उठेको रकमबाट एम्बुलेन्स खरीद गरिने

रविन्द्र कंडेल
जेठ ३०, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ६ पौवाटारमा आगामी जेष्ठ ३२ गतेदेखि असार ८ गतेसम्म श्रीमदभागवद महापुराण सप्ताह ज्ञान महायज्ञ सञ्चालन हुने भएको छ । प्रगतिशील युवा क्लबले महायज्ञको आयोजना गरेको हो । महायज्ञबाट उठेको रकमबाट आफ्नो क्षेत्रमा एम्बुलेन्स खरीद गर्ने क्लबका पवन अधिकारी ले जनाएका छन् । महायज्ञमा कथा शिरोमणि पं. दिपक प्रसाद पौडेलले कथाबाचन गर्ने कार्यक्रम रहेको आयोजकले जनाएको छ ।
जेठ ३२ गते बिहान ९ बजे बाजागाजासहित कलशयात्रा पश्चात महायज्ञको उदघाटन गरिनेछ । त्यस्तै असार १ गतेदेखि ७ गतेसम्म कथाबाचन गरिने छ । यज्ञअवधिभर ब्रतबन्ध, पितृतर्पण, भूमिदान, तुलादान, तथा जिन्सी सामग्रीहरु दान गर्न सकिने आयोजकले जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker