कैलाली र कञ्चनपुरमा दुई जनाको मृत्यु, सय भन्दा धेरै घाइते भोलिसम्म हावाहुरी र वर्षातको सम्भावना

कैलाली ।

कैलाली र कञ्चनपुरमा हिजो साँझ आएको हावाहुरीका कारण अहिलेसम्म दुई जनाको मृत्यु भएको छ । जिल्ला प्रहरी कार्यालय कैलालीका प्रहरी उपरीक्षक सुदीप गिरीका अनुसार गोदावरी नगरपालिकामा एक जना र टीकापुर नगरपालिकामा एक जना गरी दुईजनाको मृत्यु भएको हो । हावाहुरीका कारण अहिलेसम्म कैलालीमा ७६ जना घाइते भएका छन् । गम्भीर रहेका चारजनालाई उपचारका लागि भारत पठाइएको एसपी गिरीले बताउनुभयो । मृत्यु हुनेमा गोदावरी नगरपालिका ४ का वीरबहादुर चौधरी र टीकापुर नगरपालिका २ का लहानु डंगौरा रहेका छन् । चौधरीको हावाहुरीका बेला मोटरसाइकल चलाउने क्रममा टिपरमा ठोक्किँदा मृत्यु भएको हो भने डंगौराको कुखुरा फार्ममा रहेको पर्खाल भत्किँदा मृत्यु भएको प्रहरीले जनाएको छ । कञ्चनपुरमा पनि हावाहुरीका कारण २६ जना घाईते भएको जिल्ला प्रहरी कार्यालयका कञ्चनपुरका प्रमूख एसपी दिनेश कुमार आचार्यले बताउनुभयो । रेडियो महाकालीका अनुसार हावाहुरीले विद्युतको पोल ढलेका छन् भने अधिकांश घरको छाना उडाएको छ । हावाहुरीले टिनको छाना भएको घरमा धेरै क्षति भएको प्रहरीले जनाएको छ । कञ्चनपुरको बेलौरीमा हावाहुरीले घरको छाना उडाएपछि । तस्वीरः भुवन भट्ट । कञ्चनपुरको बेलौरीमा हावाहुरीले घरको छाना उडाएपछि । तस्वीरः भुवन भट्ट । क्षतिको थप विवरण संकलन भइरहेको प्रहरीले जनाएको छ । अहिले हावाहुरी रोकिएको छ । हिजो साँझदेखि अवरुद्ध विद्युत आज विहानबाट सुचारु भएको छ । हावाहुरीबारे पत्तै पाएन मौसम पूर्वानुमान महाशाखाले हावाहुरीले कैलाली र कञ्चनपुरमा जनधनको क्षति भएपछि मात्रै मौसम पूर्वानुमान महाशाखाले मौसमी अवस्थाबारे थाहा पायो । हावाहुरीको सम्भावनाबारे जानकारी लिन विहानै मौसम पूर्वानुमान महाशाखामा फोन गर्दा ड्युटीमा रहेका मौसमविद्ले कैलाली कञ्चनपुरमा ठुलै हावाहुरी आयो र ? भनेर प्रश्न गरे । दुईजनाको मृत्यु भएको जवाफ पाएपछि उनले मौसमी अवस्था बारे यसै भन्न नसकिने बताए । ‘हामीले पहिलै अनुमान गर्न सक्दैनौं । बादलको विकसित रुप हरेर अनुमान गर्ने हो’ । हिजोसम्म वर्षात हुने देखिए पनि हावाहुरीको संकेत नभएको मौसम् पूर्वानुमान महाशाखाले जनाएको छ । बारा र पर्सामा हावाहुरीका कारण ३० जनाको मृत्यु भएपछि मौसम पूर्वानुमान महाशाखा सजग बनेको थियो । माहाशाखाले हावाहुरीको सम्भावना बारे जानकारी गराउँदै सचेत रहन अपिल गथ्र्यो । तर हिजो कैलाली र कञ्चनपुरमा हावाहुरीको सम्भावना बारे कुनै अनुमान भएन र सर्बसाधनरणलाई सचेत रहन अपिल पनि गरिएन । महाशाखाको हिजोको मौसम पूर्वानुमान यस्तो थियो भोलिसम्म पानी र हावाहुरीको सम्भावना मौसम पूर्वानुमान महाशाखाले पश्चिमी वायु सक्रिय भएकाले आज र भोलि मेघ गर्जन सहित पानी पर्ने सम्भावना रहेको जनाएको छ । प्रि–मनसुनको सिजन भएकाले मेघ गर्जन सहित वर्षात् र चट्याङ पर्ने सम्भावना रहेको मौसमविद् सुवास रिमालले सीआईएनसँग बताउनुभयो । आज देशका पूर्वी भू–भागमा सामान्य वदली रहने तथा मध्य र पश्चिमी भू भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु–भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना रहेको छ । भोलि देशका पूर्वी तथा मध्य भू–भागमा सामान्य वदली रहने र पश्चिमी भू–भागका स्थानहरूमा आंशिक देखि सामान्य वदली रही पश्चिमी पहाडी भु–भागका थोरै स्थानहरु र मध्य तथा पुर्वी भु–भागका केही स्थानहरुमा मेघ गर्जन सहित वर्षाको सम्भावना महाशाखाले जनाएको छ ।

 

CIN khabar बाट

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker