पर्यटकीय स्थलहरुको अवलोकनमा नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले गोरखाका बिभिन्न पर्यटकीय स्थलहरुको अबलोकन गर्नु भएको छ । मंगलबार नेता श्रेष्ठले गोरखाको पालुङटार वडा नंं. ६ मा रहेको तालपोखरी, वडा नं. १ मा रहेको तातो पानी र बारपाक सुलीकोट गाउँपालिका वडा नं. ६ मा रहेको धर्मावती घाट लगायतका पर्यटकिय स्थलहरुको अबलोकन गर्नुभएको हो । नेपाल बुद्धिजिबी संगठनका केन्द्रय अध्यक्ष, राष्ट्रिय योजना आयोजना आयागका पूर्व उपाध्यक्ष डा. दिनेश चन्द्र देबकोटा, भूगर्भ शास्त्ती प्रा.डा.तारा निधि भट्टराई लगाएतका विज्ञहरुको साथमा साथमा गोरखा आउनुभएका नेता श्रेष्ठले पर्यटकीय क्षेत्र विकास समितिहरुलाई सम्बोधन गर्दै २०७६÷०७७ को प्रदेश सरकारको बजेटमा तालपोखरी विकासका लागि बजेट, तातोपानी कुण्डको संरक्षणको लागि बजेट, धार्मिक महत्व वोकेको धर्मावति घाटको बिकासका लागि बजेट बिनियोजन गरिने बताउनुभएको छ । नेता श्रेष्ठले तातो पानी कुण्डलाई पर्यटकिय केन्द्र बनाउने भन्दै प्रदेश सरकारको आगामी बजेटमा यस विषयलाई समेट्ने पतिवद्धता व्यक्त गर्नुभयो । सोहि अवसरमा नेता श्रेष्ठले आफुहरुले ठूलो राजनीतिक परिवर्तन गरेको भन्दै त्यसको औचित्य भनेको आम नेपाली गरिब र गाउँका जनताका जीवनमा परिवर्तन गर्न सकियोस भन्ने रहेको बताउनु भयो । उहाँले राजनीतिक परिवर्तन राजनीतिक परिवर्तनका निम्ति मात्रै होईन राजनीतिक परिवर्तन त दशौं हजार सहिदको बलिदान, हजारौं बेपत्ता योद्धाहरुको समरपर्ण, घाईते योद्धाहरुको समरपर्णबाट प्राप्त उपलब्दीहरुको रक्षा गर्दै समाजमा रुपान्तरण गर्नका निम्ती, मान्छेको जीवन फेर्नको निम्ति, शिक्षा, स्वास्थ्य, रोज्गारी, खाद्यान्न, आवासका समस्याहरु समाधान हुन भन्नका निम्ति परिवर्तन आएको र वर्तमान सरकारले त्यसलाई पूर्णता दिने बताउनुभएको छ । सोहि अवसरमा नेता श्रेष्ठले जनताका आवस्यकतालाई मध्य नजर गर्दै आवस्यकता परिपूर्तिका लागि आफुहरुले उन्नत ढङ्गले सोचेको बताउनुभएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker