सरकारले जनताले दिएको जिम्वारी पुरा गर्छ ः नेता श्रेष्ठ

नेपाल कम्युनिष्ट पार्टीका प्रवक्ता एवं पूर्व उपप्रधान मन्त्री नारायण काजी श्रेष्ठले वर्तमान सरकारले जनताले दिएको जिम्वारी पुरा गर्ने बताउनुभएको छ । रामलाल प्रतिस्ठानले स्व. लक्ष्मी श्रेष्ठ स्मृति सभालाई सम्बोधन गर्दै जनताले निर्वाचन मार्फत दिईएको जिम्मेवारीलाई हरहालत पुरा गर्ने प्रतिबद्धता व्यक्त गर्नुभएको हो । सोहि अवसरमा उहाँले वर्तमान सरकारले विदेशिएका ४० लाख युवालाई देशमा फर्काउने योजनाका साथ अघि बढेको र त्यो काम डेढ वर्षले प¥याप्त नहुने बताउनुभयो । उहाँले विरोधका लागि विरोध गर्नु भन्दा पनि राम्रो कामको सम्मान गर्न सक्नु पर्ने भन्दै अवको विकास सहरमा मात्रै केन्द्रीत हुने खालको नभएर गाउँ गाउँमा विकासको अनुभुती गर्न पाईने खालको विकास हुनेमा विस्वस्थ हुन आग्रह गर्नुभयो । सहिदको सपना पुरा गर्नको निम्ती पनि आफुहरुको जिम्मेवारी बढेर गएको बताउँदै उहाँले विश्वमा नै समाजवादको नयाँ प्रयोग गर्न सकिने बेलाआएको बताउनुभयो । हाम्रो पार्टीको नेतृत्वमा रहेको वर्तमान सरकार राजनीतिक परिवर्तनलाई आर्थिक परिवर्तन गर्ने दिसा तर्फ उन्मुख भएको भन्दै सरकारले सामाजिक विकासको कार्यक्रमहरु किसान र मज्दुरहरुको पक्षमा कार्यान्वयन गराउने र रोज्गारका कार्यक्रमहरु ल्याउने तयारी गरेको बताउनुभएको छ ।
नेता श्रेष्ठले गोरखाको विकासका लागि आफलुहरुले उत्तर तर्फ चिनको नाका जोड्ने योजनाका साथ लागि परेको । बुढी गण्डकी जलविद्युत निर्माण योजनाको कार्यान्यन संगै त्यस ठाउँमा फेवाताल भन्दा १६ गुणा ठुलो ताल बन्ने र त्यहाँ पर्यटन प्रवद्र्धन गर्न सकिने बताउनुभएको छ । सोहि अवसरमा नेता श्रेष्ठले पालुङटारमा रहेको सि.टि.भि.टि.लाई नमुना बहुप्राविधिक शिक्षालयको रुपमा विकास गरिएको बताउनुभयो । सोहि कार्यक्रमलाई सम्बोधन गर्दै एक फरक प्रसंगमा नेता श्रेष्ठले विकास कसैको पेवा नभएको भन्दै विकास कस्को नेतृत्वमा भएको भनेर खुट्टा तान्न नहुने बताउनुभयो । स्मृती सभालाई सम्बोधन गरे पछि नेता श्रेष्ठले चेपेघाटको संरक्षण र त्यस ठाउँलाई धार्मिक तिर्थस्थलको रुपमा विकास गर्न चेपेघाटको अवलोकन गर्नुभएको थियो । कार्यक्रममा पालुङटार नगरपालिकाको नगर उपप्रमुख पम्फा बसेल, नेपाल कम्युनिष्ट पार्टीका प्रदेश कमिटि सदस्य जुद्ध विलास भण्डचरी, गेहेन्द्र राना, अर्जुन थापा, विष्णु प्रषाद आचार्य, डिल बहादुर खत्री लगायतले मन्तव्य व्यक्त गर्नुभएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker