लिगलिग कोटमा संग्राहलय निर्माणका लागि सर्वेको काम सुरु

राजेश पौडेल
जेठ÷१८गोरखा .

गण्डकी प्रदेश सरकारले लिगलिग कोटमा संग्राहलय निर्माणका लागि सर्वेको काम सुरु गरेको छ । गण्डकी प्रदेश सरकारले लिगलिग कोटको ऐतिहासिक, धार्मिक र साँस्कृतिक विषयबस्तु झल्कने संग्राहलय निमार्णको लागि आर्थिक वर्ष २०७५÷०७६ का लागि एक करोड बजेट विनियोजन गरे संगै संग्राहलय निर्माणका लागि सर्वेको काम सुरु गरेको हो । गण्डकी प्रदेश सरकारले सर्वेको लागि प्राविधिक सहितको टोलि लिगलिगमा पठाए पछि पण्डकी प्रदेशका प्रदेश सभा सदस्य हरिशरण आचार्य, पालुङटार नगरपालिकाको नगर प्रमुख दिपक बाबु कंडेल, नगर उपप्रमुख पम्फा बसेलले संग्राहलय निर्माणका लागि लिगलिगको ऐतिहासिक विषयवस्तु झल्कने र त्यसले छुट्टै सन्देश दिने गरि सर्वेको काम अघि बढाउन सुझाब दिएका थिए । सोहि अवसरमा प्रदेश सभा सदस्य हरिशरण आचार्यले सर्वेमा लिगलिग आएको प्राविधिकहरुको टोलिलाई सहयोग गर्नु पर्ने भन्दै लिगलिगको विकासका लागि संग्राहलयको निर्माणले महत्वपुर्ण भुमिका निर्वाह गर्ने धारणा व्यक्त गरेका थिए । उनले संग्राहलय निर्माणका लागि स्थानिय वासिन्दाले पनि सहयोग गर्नुपर्ने धारण व्यक्त गरे ।
सोहि अबसरमा नगर प्रमुख दिपकबाबु कंडेलले लिगलिग कोटमा बन्न लागेको संग्राहलयमा ७७ वटै जिल्लाको प्रतिनिधित्व हुने खालका विषयवस्तुहरुको प्रयोग गरिनुपर्ने धारणा व्यक्त गरेका थिए । कार्यक्रममा नगरप्रमुख कडेलले सिङ्गो जनसंख्याको २० प्रतिशत जनसंख्याले मात्र लिगलिग कोटको भ्रमण गरे पनि लिगलिग संगै पालुङटार वासीको जिवन स्तर सुध्रिने र लिगलिगलाई बेच्न सकिने आधार तयार हुने धारणा व्यक्त गरेका थिए । सोहि अवसरमा उपप्रमुख पम्फा बसेलले संग्राहलय निर्माणको लागि पटक पटकको छलफलबाट मात्र निचोडमा पुग्नु पर्ने धारणा व्यक्त गरेकी थिईन । सोहि अवसरमा उनले लिगलिग कोटमा बन्ने संग्राहलयले सबै संस्कृतिको पहिचान झल्काउने र समग्र लिगलिग बासिको जीवन स्तर सुधार्नमा पनि महत्वपुर्ण भुमीका निर्वाह गर्नेमा विस्वास व्यक्त गरिन् । उक्त कार्यक्रममा जनप्रतिनिधिहरु, स्थानिय राजनीतिक दलका प्रतिनिधिहरु र लिगलिग विकास अभियानको समितिको उपस्थिति रहेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker