गोरखाको एक घरमा मध्यरातमा आगो लाग्दा पूरै घर तथा गोठ जल्यो

रविन्द्र कंडेल
जेठ २१, गोरखा ।
पालुङ्टार नगरपालिका वडा नं. ७ च्याङ्ली खाल्टेमा आज मध्यरातमा आगलागी हुँदा मान बहादुर नेपालीको घर जलेर पूर्ण रुपमा ध्वस्त भएको छ । रातको १२ बजेको समयमा एक्कासी आगो लागेको नेपाली परिवारले थाहा पाएर छिमेकी तथा प्रहरीलाई खबर गरी निभाउने कोसिस गर्दा गर्दै नेपालीको घर र गोठ पूर्ण रुपमा जलेको हो ।
आगो नियन्त्रण गर्न स्थानीय र प्रहरीलाई राती २ः३० बजेसम्म लागेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारका इन्चार्ज मदन आचार्यले बताउनुभयो । आगलागीबाट कुनै मानवीय क्षति भने भएको छैन भने आगलागी को कारणबारे अनुसन्धान भइरहेको आचार्यले बताउनुभयो ।
खरको छानामा एक्कासी आगो लागेको थाहा पाएपछि नेपाली परिवार घरबाट बाहिर भागेर ज्यान बचाउन सफल भएका थिए भने आगलागीपछि तुरुन्तै निभाउन नसक्दा घरभित्र रहेका सम्पूर्ण लत्ता कपडा, अन्नपात लगायतका सवै जलेर नष्ट भएका छन् । आगलागीबाट करीब १० को क्षति भएको जनाइएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker