नेपाली सेनाका हवल्दार कुमालको शव ५ दिनपछि ड्याममा भेटियो

रविन्द्र कंडेल
जेठ १९, गोरखा ।
नेपाली सेनाका हवल्दार इश्वर कुमालको शव आज विहान ८ः ३० बजे आँबुखैरेनी गाउँपालिका वडा नं. २ स्थित मार्किचोकमा रहेको मस्र्याङ्दी नदीको ड्याममा फेला परेको छ ।
पालुङ्टार ७ का राजमान कुमालका छोरा इश्वर कुमाल १५ गते बेलुका मस्र्याङदी नदीले बगाएर बेपत्ता भएका थिए । कुमाल रणसिं दल गण गोरखा ठिँगुरेस्वाँरामा कार्यरत थिए । उनी केही दिनको विदामा घर आएका बेला नदीमा ५ जना साथीहरुसंगै पुगेका थिए ।
गर्मी बढेसंगै नदी आसपास बसोबास गर्नेहरु पौडी खेल्न, माछा मार्न मरस्र्याङ्दी जाने गर्दछन् । केही मानिसहरुको व्यवसाय नै माछा मार्ने समेत रहेको छ । यसरी माछा मार्न जाँदा, पौडी खेल्न जाँदा बेलाबखत यस्ता दुर्घटनाहरु भइरहने गरेका छन् ।
गत जेठ ९ गतेमात्रै सोही स्थानका २१ वर्षीय विनिष कुमाल पौडी खेल्ने क्रममा बगाएको थियो । उनको मृत शरिर पनि ५ दिनपछि नै ड्याममा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker