पालुङटार नगरपालिकामा हेलाे मेयर

जेठ१९

पालुङटार नगरपालिकाको समग्र विकासको लागि सम्पूर्ण पालुङटार बासी तथा अन्य क्षेत्रका व्यक्तित्वहरुको सुझाब, राय, सल्लाह, गुनासो सिधै नगर प्रमुख तथा उप प्रमुख संग राख्नको लागि मिति २०७६ जेष्ठ १९ गते बाट हेलो मेयर कार्यक्रम शुरु गरिएको छ | आफ्नो टोल तथा छर छिमेकमा भईरहेका विकासको कार्यक्रम, सार्बजनिक सस्थाको कार्यक्रम, बिधालय, स्वास्थ्य सस्था लगाएत सम्पूर्ण पालुङटारका सार्बजनिक हितका बिषयहरुमा खबरदारी सहित आवश्यक रचनात्मक सुझाब नगर प्रमुख, उप प्रमुख, वडा अध्यक्षहरु तथा सम्पूर्ण जनप्रतिनिधिहरुलाई दिन सकिने छ | गुनासो कर्ताको हरेक गुनासो प्रति नगर प्रमुख तथा उप प्रमुखले गुनासो सुनि तत्काल कार्यन्वयनमा जानको लागि सहज हुने अपेक्षा नगर प्रमुख ई. दीपक बाबु कंडेलको रहेको छ | जसको लागि नगरपालिकाले निशुल्क टोल फ्री नं. १६६०६४४२००२ राखिएको छ, जसमा फोन गरि जनताले आफुलाई लागेको सल्लाह, सुझाब तथा गुनासो राख्न सक्नुहुनेछ र ति सल्लाह, सुझाब तथा गुनासो रेकर्ड हुनेछ र रेकर्डलाई नगर प्रमुख तथा उप प्रमुखले सुनि सल्लाह, सुझाब तथा गुनासोको जवाफ दिनुहुनेछ |

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker