एक हप्तामै २ कुमाल युवालाई मरस्र्याङदीले खायो, जनचेतनाको लागी सक्दो शेयर गरौं ।

रविन्द्र कंडेल
जेठ १६,
नेपाली सेनाका हवल्दार पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्ली निवासी ४० इश्वर बहादुर कुमाललाई हिजो बेलुका मरस्र्याङ्दी नदीले बगाउँदा बेपत्ता भएका छन् ।
पालुङ्टार ७ का राजमान कुमालका छोरा इश्वर कुमाल दिनभर घरमा काम गरेर बेलुकी नुहाउन जाँदा नदीले बगाएको परिवार श्रोतले बताएको छ । कुमाल रणसिं दल गण गोरखा ठिँगुरेस्वाँरामा कार्यरत थिए । उनी केही दिनको विदामा घर आएका थिए । बेलुका करीब ८ बजेतिर नदीमा ५ जना साथीहरुसंगै पुगेका थिए । नुहाउने क्रममा मरस्र्याङ्दीले बगाएपछि आफूहरुले उद्धार गर्न नसकेको संगै गएका साथीहरुले बताए ।
राती अवेरसम्म खोजी गर्दा पनि नभेटिएकोले आज पनि खोजी कार्य जारी रहेको अस्थायी प्रहरी पोष्ट विरुवाटारका इन्चार्ज मदन आचार्यले बताउनुभयो । हराएका कुमालको खोजी गर्न नेपाल प्रहरी, ससस्त्र प्रहरी र नेपाली सेनाको टोली समेत लागी परेको छ ।
गर्मी बढेसंगै नदी आसपास बसोबास गर्नेहरु पौडी खेल्न, माछा मार्न मरस्र्याङ्दी जाने गर्दछन् । केही मानिसहरुको व्यवसाय नै माछा मार्ने समेत रहेको छ । यसरी माछा मार्न जाँदा, पौडी खेल्न जाँदा बेलाबखत यस्ता दुर्घटनाहरु भइरहने गरेका छन् ।
गत जेठ ९ गतेमात्रै सोही स्थानका २१ वर्षीय विनिष कुमाल पौडी खेल्ने क्रममा बगाएको थियो । उनको मृत शरिर ५ दिनपछि ड्याममा भेटिएको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker