सगरमाथाको सफल आरोण गरी फर्किएका रोहितलाई डुम्रेमा सम्मान ♦

नारायण खड्का

अन्तर्राष्ट्रिय सगरमाथा दिवस अर्थात् विश्वको सर्वोच्च शिखर सगरमाथाको शिखरमा पहिलो पटक मानव पाइला टेकेको दिन । दुई साहसी आरोही तेञ्जिङनोर्गे शेर्पा र सर एडमण्ड हिलारीले सन् १९५३ मे २९ तारिखका दिन आठ हजार ८४८ मिटर अग्लो सगरमाथाको चुचुरोमा पुगी विश्वलाई साहसको परिचय दिएका थिए । सगरमाथामा सफल आरोहण भएको ६६ वर्ष पुगेको छ । यो अवधिमा आठ हजारभन्दा बढी स्वदेशी तथा विदेशी आरोहीले सगरमाथाको सफल आरोहण गरेका छन् । आरोहका नयाँ विश्व कीर्तिमान पनि कायम भएका छन् । यस क्रममा केही मानवीय क्षति पनि भए । दुई साहसी आरोही शेर्पा र हिलारीले सगरमाथा आरोहण गरेको दिन (मे २९ तारिक) को स्मरणमा सरकारले हरेक वर्ष जेठ १५ लाई सगरमाथा दिवसका रुपमा मनाउने गरेको छ। सोही सन्दर्भमा बुधबार नेपालमा पनि १२औँ अन्तर्राष्ट्रिय सगरमाथा दिवस विभिन्न कार्यक्रमको आयोजना गरी मनाइएको छ । संसारलाई आकर्षण गर्ने सगरमाथाको आकर्षणसँगै संरक्षणका चुनौती पनि बढ्दो छ । यसै दिवसको अवसरमा विश्वकै अग्लो शिखर सगरमाथाको सफल आरोहण गरेका रोहित श्रेष्ठलाई सम्मान गरिएको छ । तनहुँको बन्दीपुर गाउँपालिका–१ डुम्रेका आरोही श्रेष्ठलाई बुधबार बन्दीपुर गाउँपालिका तथा डुम्रेबजारका बासिन्दाले सम्मान गरेका हुन् । वि.सं. २०५४ सालदेखि अमेरिकाको कोलोराडो राज्यको एक कम्पनीमा सफ्टवेयर इञ्जिनीयरको रुपमा कार्यरत श्रेष्ठले हालै विश्वकै अग्लो सगरमाथाको आरोहण ४१औँ दिनमा पूरा गरेका थिए । बन्दीपुर गाउँपालिका, डुम्रे साँस्कृतिक युवा परिवार, झिंगु नेवाः पुच, तनहुँ उद्योग वाणिज्य संघ डुम्रे बजार इकाई, हरिहर महिला समूह, डुम्रे टोल सुधार समिति लगायतका संघ संस्था तथा स्थानीय बासिन्दाले संयुक्त रुपमा गरेको सम्मान ग्रहण गर्दै आरोही श्रेष्ठले आफ्नो १२ वर्षको अथक प्रयास सफल भएको भन्दै स्थानीयसंग खुसी साटे। उनले भने, ‘आइल्याण्ड हिमालबाट सगरमाथा देख्दा एक दिन त अवश्य आरोहण गर्छु भन्ने भित्रैदेखि लागेको थियो र आज १२ वर्ष पश्चात त्यो पुरा गरी तपाईहरुको माझमा छु ।’ सम्मान कार्यक्रममा सगरमाथा आरोहणको अनुभव सुनाउ“दै श्रेष्ठले भने, ‘जब म अमेरिका पुगे त्यहाँ साथीहरुले देशका बारेमा पटकपटक सोध्ने गर्थे, म नेपालको हुँ भन्दा नेपाल कहाँ पर्छ भनि उनिहरुले अनविज्ञता देखाउने गर्दथे। साथीहरुलाई नेपाल भनेको बुद्धको देश हो, सगरमाथको देश हो भन्ने गर्थे । कसैले बुद्ध चिन्थ्यो त कसैले सगरमाथा ।’ निकै भावुक मुद्रामा उनले भने, ‘सगरमाथा चिन्ने मान्छेले मलाई अर्को प्रश्न गर्दथ्यो । तिमीले सगरमाथा देखेका छौं ? नेपाली त हो । नेपाली भएतापनि सगरमाथा देखेको छैन ? यस्ता प्रश्नले मलाई २२ वर्ष पिरोलेको थियो । साथीहरुको यही प्रश्नले गर्दा नेपाल र नेपालीलाई विश्वसामु चिनाउनु पर्छ भन्ने लक्ष्यका साथ म सगरमाथा चढेको हुँ ।’ आरोही श्रेष्ठ भन्छन्, ‘जब म ५÷६ वर्षको थिए तब डुम्रे बजार हुँदै मनाङ, कोरल्ला नाका लगायतका ठाउँमा जान सेतो छाला भएका पर्यटकहरु आउने गर्थे, ती सबै अमेरिकी हुन्न भन्ने मलाई लाग्थ्यो । उनीहरुसँग पेन, चकलेट माग्ने र पाउँदा खुसी पनि हुन्थे । अनि मलाई सानैदेखि लाग्थ्यो उनीहरु मात्र मेरो देशको हिमाल चढ्न किन आउछन् ? हामी चढ्न सक्दिैन ? मलाई यस्तै यस्तै प्रश्नले सताई राख्थ्यो ।’ आफ्नो मनमा उब्जिएका अनि साथीहरुका ती प्रश्नको उत्तर दिनका लागि म सगरमाथा एक चोटी हेर्छु भनि सन् २०१० मा अमेरिकाबाट नेपाल आउदा १ महिनाको बसाईमा ३ हप्ता सगरमाथाको आधारशिविर पदयात्रा गरेको श्रेष्ठले सुनाए । उनले भने, ‘आरधार शिविर पुगेर फर्केपछि जस्ले सोध्दा पनि म छाती फुलाएर भन्न सक्थे मेरो देशको सगरमाथा मैले देखेको छु। तर, फेरी अर्को प्रश्न म माथि तेर्सियो, तिमी सगरमाथा चढेका छौं? चढेको त छैन ।’ हामी नेपालको अनि सगरमाथाको देशको हो भन्दा विदेशीहरुलाई हामी सबै नेपालीहरुले सगरमाथा देखेका अनि चढेका छौं भन्ने उनिहरुलाई लाग्दो रहेछ। र, यही प्रश्नले मलाई ९ वर्ष मनमा घोचि राख्यो। कालापत्थरबाट सगरमाथा देखेर गएपछि चढ्ने इच्छा भयो । २० हजार फिट उचाईमा रहेको नेपालको आईल्यान्ड चढि सगरमाथाको आधारशिविरसम्म पुगेर आउदा केही नभएपछि एक जना सेर्पाले तपाई चढ्न सक्नुहुन्छ यो वर्ष प्रयास गरौं भनेपछि २ महिना अगाडि सगरमाथा चढ्न आएको आरोही श्रेष्ठले सुनाए । आरोही श्रेष्ठले भने, ‘सगरमाथा एउटा यस्तो शिखर हो, हाम्रो गौरव गर्ने शान हो जाहा वर्षेनी मानिसको ज्यान जाने भनेको सामान्य कुरा हो। म एउटा सिपाई सरह त्यहाँ गएको थिए । सगरमाथा चढ्ने क्रममा मलाई धेरै अप्ठ्रा परिस्थिति आएका थिए । विदेशीहरुले सोधेको प्रश्नको गर्वका साथ म नेपाली हुँ, मेलै मेरो देशको गौरव सगरमाथा देखेको छु र त्यसको शिखरलाई चुमेर पनि आएको छुँ भन्ने उत्तर दिनका लागि सबै अप्ठ्यारा चुनौतीलाई पार गरी सगरमाथाको सर्वोच्च शिखर चुम्ने अवसर पाए ।’ ‘सगरमाथाको शिखरमा पुग्दा मलाई सबैभन्दा पहिले मेरो भुमिको दर्शन गर्ने इच्छा रहेको थियो र त्यहाँ पुग्नेवित्तिकै मैले मेरो देश, मेरो भुमिको दर्शन गरे । त्यतीबेला गर्वले मेरो छाती फुलेको थियो, हर्षले मेरो आँखाबाट आशुका बलिन्धारा खसे।’ उनले भने, ‘विदेशीहरु आउँदा पाएको चकलेटमा खुसी हुने लुगा किन्न पनि दशै नै कुर्नु पर्ने म जस्ता नेपालीहरु विश्वको अग्लो हिमाल चढ्न सक्छन्, त्यो पनि आफ्नै खर्चमा भनेर विदेशीहरुलाई सन्देश दिन चाहान्थे आज त्यो पुरा गरेको छु।’ आरोही श्रेष्ठ भन्छन्, ‘झर्नेबेलामा विश्वको सर्वोच्च शिखरमा धेरै आरोहीको मृत्यु हुन सक्ने सम्भावना हुथ्यो तर मैले मेरो परिवार, मेरो नेपाल, मेरो डुम्रे, मेरो बन्दीपुरको लागि फकिनुपर्छ भनि दृढसंकलपका साथ झरे यो सबै साहास बटुलेर आज म तपाईहरुको माझमा उभिएको छु ।’ यस्तै, उक्त कार्यक्रममा आरोही श्रेष्ठलाई सम्मान गर्दै बन्दीपुर गाउँपालिकाका अध्यक्ष पूर्णसिं थापाले भने, ‘रोहीत श्रेष्ठले सफलतापूर्वक सगरमाथाको शिखर चढेर नेपाललाई संसारभर चिनाउन सफल भएका छन्।’ उनले भने, ‘यो रोहीतको मात्र सफलता होइन् नेपाल र नेपालीलाई विश्वसामु चिनाउन र हाम्रो बन्दीपुरमा पर्यटकलाई आकर्षित गर्न पनि सकरात्मक सन्देश प्रवाह गर्ने छ ।’ आरोही श्रेष्ठलाई सम्मान गर्दै बन्दीपुर–१ का वडाअध्यक्ष भानुभक्त पोख्रेल, तनहुँ उद्योग वाणिज्य संघका अध्यक्ष मानकाजी श्रेष्ठ, स्थानीय सामाजिक कार्यकर्ता घनश्याम श्रेष्ठ, सुनिल श्रेष्ठ लगायतका वक्ताहरुले आरोही श्रेष्ठले देश, जिल्ला अनि बन्दीपुरलाई विश्वसामु चिनाउन सफल भएको भन्दै शुभकामना व्यक्त गरेका थिए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker