पिसाब रोक्दा देखिन सक्ने असरहरु:

पिसाब शरीरको सामान्य प्रक्रिया हो ।
पसिनाजस्तै पिसाबका माध्यमबाट पनि शरीरका
लागि अनावश्यक तत्वहरु बाहिर निस्कन्छन् । जसलाई
महसुस भएको एकदेखि दुई मिनेटभित्र फ्याँक्नुपर्छ ।
पिसाब थैली भरिनेबित्तिकै स्नायुप्रणालीले त्यसको
संकेत मष्तिष्कमा पु¥याउँछ र पिसाब फेर्न मन लाग्छ
। यदि पिसाब थोरै समय पनि रोकियो भने संक्रमण
सुरुवात हुन्छ । पिसाब रोक्दा कस्ता समस्या
निम्तन्छन् त ? आउनुहोस् थाहा पाउनुहोस् :
१. ब्याक्टेरियाको जोखिम : मानिसहरु पिसाब केही
मिनेटका लागि या लामो समयसम्म रोकेर राख्छन् ।
तपाईं पिसाब कतिबेर राख्नुहुन्छ भन्ने कुरा
पिसाबको उत्पादनमा भर पर्छ । यसका अलावा तरल
पदार्थको उपभोग या पिसाब थैलीको
कार्यक्षमतामा भर पर्छ । जति बढी समय तपाईं
पिसाब रोकेर राख्नुहुन्छ, तपाईंको पिसाब थैलीमा
उति बढी ब्याक्टेरिया विकसित हुन्छ र स्वास्थ्य
जोखिमको कारण बन्न जान्छ ।
२. पत्थरी हुने डर : पिसाबलाई एकदेखि दुई
घण्टासम्म रोक्नाले महिला वा कामकाजी युवामा
पिसाबसम्बन्धी समस्या देखिन थाल्छ । जसअन्तर्गत
सुरुमा पिसाब थैलीमा पीडा हुन्छ । पिसाब जतिबेर
रोकेपनि त्यस क्रममा मिर्गौलाबाट पिसाब थैलीमा
जम्मा भइरहेको हुन्छ । हरेक एक मिनेटमा दुई
मिलिलिटर पिसाब थैलीमा पुग्छ, जसलाई प्रति
एकदेखि दुई घण्टामा खाली गरिरहनुपर्छ । थैली
खाली गर्न तीनदेखि चार मिनेटसम्म पनि ढिला ग
¥यो भने पिसाब फेरि मिर्गौलामै फर्कन थाल्छ ।
यसको परिणाम पत्थरीको सुरुवात हुन सक्छ, किनकि
पिसाबमा युरिया र अमिनो एसिडजस्ता हानिकारक
तत्व हुन्छन् ।
३. मुत्रमार्ग संक्रमणको जोखिम : कहिल्यै पनि
पिसाब गरिरहेको बेलामा हठात् रोक्नुहुन्न । पिसाब
लाग्नेबित्तिकै शौचालय जानुपर्छ । अन्यथा
मुत्रमार्ग संक्रमण (युरिनरि ट्राक्ट इन्फेक्सन या
युटिआई) हुने खतरा बढ्छ । पिसाब रोकिँदा यस्तो
संक्रमण फैलन्छ । सामान्यतः महिलाहरुमा
मुत्रमार्गमा संक्रमण बढी हुन्छ । यो जिवाणुजन्य
संक्रमण हो, जसमा मुत्रमार्गको कुनै पनि भाग
प्रभावित हुन सक्छ ।
४.इन्टस्र्टिशल सिस्टाइटिस : यो एक पीडादायी
ब्लाडर सिन्ड्रोम हो, जसका कारण पिसाब थैली
सुन्निन सक्छ र पीडा हुन्छ । इन्टस्र्टिशल
सिस्टाइटिसबाट पीडित मानिसलाई पटक–पटक
पिसाब लाग्छ । तर, पिसाब भने कम आउँछ ।
अहिलेसम्म यसको खास कारण पत्ता लाग्न नसकेपनि
डाक्टरहरुका अनुसार यो जिवाणुको संक्रमणकै
कारणबाट हुन्छ । यस्ता बिरामीहरु कोही त दिनमा
६० पटकसम्म पनि पिसाब गर्न जान्छन् । यसको
पूर्णतः निमुल पार्ने उपाय छैन । तर, उपचारबाट
लक्षण कम गर्न सकिन्छ ।
५.मिर्गौला फेल : पिसाबसंग सम्बन्धित हरेक
प्रकारको संक्रमणले मिर्गौलामा नराम्रो असर पु
¥याउँछ । शरीरमा युरिया तथा क्रियटिनिन दुवै
तत्व बढ्नाले पिसाबबाट बाहिर निस्कन पाउँदैंन ।
जसको परिणाम ती तत्व रगतमा फैलन थाल्छन् ।
यसबाट भोक कम लाग्नु, बान्ता हुनु, कमजोरी हुनु,
थकाई लाग्नु, सामान्यभन्दा कम पिसाब आउनु र
शरीरका भागहरु सुन्निनुजस्ता लक्षण देखा पर्छन् ।
६. पिसाबको रंग गाढा हुन्छ : लामो समयसम्म
पिसाब रोक्नाले पिसाबको रंग अलि गाढा हुन्छ ।
यसरी गाढा हुने कारण पनि संक्रमण नै हो । केही
खाद्यपदार्थको स्ेवनले पनि पिसाबको रंग गाढा हुन्छ
। भिटामिन बीले पिसाबको रंग रातो बनाउछ ।
७. पिसाबथैलीको मांसपेशी कमजोर हुन्छ : यदि
पिसाब लागेको तीनदेखि चार मिनेटसम्म पनि खाली
गरिएन भने पिसाबको टक्सिक तत्व मिर्गौलामा
फर्कन्छ, जसलाई रिटेन्सन अफ युरिन भनिन्छ । यसका
अलावा पिसाब पटक–पटक रोक्नाले पिसाब थैलीको
मांसपेशी कमजोर हुन्छ ।

प्रस्तुतकर्ता

दिपेन्द्र गिरी

 

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker