आर्थिक वर्ष ०७६\०७७ को बजेट जनपक्षिय

  1. ?राजेन्द्र न्यौपाने
    गोरखा १५ जेठ । १५ जेठ, काठमाडौं । सरकारले आर्थिक वर्ष २०७६\७७ को बजेट सार्वजनिक गरेको छ । बुधबार संघीय संसदमा अर्थमन्त्री डाक्टर युवराज खतिवडाले १५ खर्ब ३२ अर्बको ९६ करोड ९१ लाख रुपैयाँको बजेट पेश गरेका हुन् ।

आगामी आर्थिक वर्षका लागि चालुतर्फ ९ खर्ब ५७ अर्ब १० करोड अर्थात ६२।४ प्रतिशत, पुँजीगततर्फ ४ खर्ब ८ अर्ब ५९ करोड अर्थात २६.६ प्रतिशत र वित्तिय व्यवस्थातर्फ १ खर्ब ६७ अर्ब ८८ करोड रुपैयाँ अर्थात ११ प्रतिशत बजेट विनियोजन गरिएको छ ।

सरकारले धादिङ र गोरखाको सीमा क्षेत्रमा निर्माण हुने बुढीगण्डकी जलविद्युत आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको छ । अर्थमन्त्री युवराज खतिवडाले संसदमा पेश गरेको बजेटमा बुढीगण्डकी आयोजनालाई १३ अर्ब ५७ करोड रुपैयाँ विनियोजन गरेको बताएका छन् ।

राष्ट्रिय गौरवको आयोजनलाई विशेष प्राथमिकता राखेर बजेटले १२ सय मेगावटको बूढीगण्डकी जलविद्युत आयोजनाको प्रकिया आगामी आर्थिक वर्षदेखि अघि बढाउने गरी तयारी गरेको छ ।

राष्ट्रिय गौरवको यो आयोजना कसले कसरी बनाउनेबारे अझै अन्योल छ। बूढीगण्डकी आयोजना भित्र पर्ने गोरखा र धादिङका स्थानीयलाई मुआब्जा दिएर जग्गा अधिग्रहण गरिसकेको अवस्थामा काम छिटो थाल्न सरकारमाथि दबाब बढेको छ।

बूढीगण्डकी आयोजना निर्माणका लागि भन्दै उठाइएको पेट्रोलियम करबाट मात्रै सरकारको कोषमा २५ अर्ब रुपैयाँ जम्मा भइसकेको छ। बूढीगण्डकी आयोजना सवा २ खर्ब रुपैयाँमा निर्माण पुरा हुने प्राम्भिक अध्ययन प्रतिवेदनले देखाएको छ ।

१२ सय मेगावाट बिजुली उत्पादन गर्न पृथ्वीराजमार्गको बेनीघाटबाट उत्तर तर्फ २ किमी टाढाको दुरीमा गोरखाको घ्याल्चोक र धादिङको सलाङ गाविसको बिचमा २ सय ६३ मिटर उचाई र ७ सय मिटर चौडाईको बाँध निर्माण हुने छ ।

धादिङका सलाङ, मैदी, खरी, चैनपुर, सल्यानटार, आगिन्चोक, त्रिपुरासुन्दरी, मार्पाक, मूलपानी, बसेरी, बुढाथुम गाविसको महत्वपूर्ण धानखेत तथा टार पनि प्रभावित हुनेछन् । गोरखातर्फ भीमसेन थापाको बगौचा, पृथ्वीनारायण शाहको न्वागी खाने धान खेत, प्रसिद्ध त्रिपुरासुन्दरी मन्दिर, मास र भटमासका लागि प्रसिद्ध मासटार, क्यामुनटार, जोगीटार, सल्यानटारको तल्लो भाग र गोरखा तथा धादिङको प्रमुख व्यापारिक केन्द्र आरुघाट बजार पनि आयोजनाका कारण प्रभावित हुनेछन् ।

यसैगरी सरकारले कर्मचारीहरुको तलब वृद्धि गरेको छ । कर्मचारीहरुको तलब ३ वर्षपछि बढेको हो ।

अर्थमन्त्री डा. युवराज खतिवडाले आर्थिक वर्ष २०७६०७७ को बजेट प्रस्तुत गर्दै कर्मचारीहरुको तलबमा सुरुको तलब स्केलमा राजपत्रांकितको १८ प्रतिशत र राजपत्र अनंकितको २० प्रतिशतले तलब बढाएको हो ।

तीन वर्ष अगाडि २५ प्रतिशतले बढेको कर्मचारीको तलब यो वर्ष २० प्रतिशतले बढेको हो । निजामती कर्मचारीहरुको आधिकारिक ट्रेड युनियनले आधारभूत तलब ३५ हजार पुर्याउन माग गरेका थिए ।

राजपत्रांकिततर्फ मुख्य सचिवको तलब स्केल १८ प्रतिशतले बढेर ६५१३६ पुगेको छ । त्यस्तै रा.प. विशिष्टको ६०६७५.५, रा.प. प्रथमको ४७३७७, रा.प. द्वितियको ४०३७९.६ र रा.प.तृतीयको ३५९९० पुगेको छ ।

त्यस्तै, राजपत्र अनंकिततर्फको २० प्रतिशतले वृद्धि भई नयाँ तलब स्केलअनुसार रा.प.अंन प्रथमको २८२००, रा.प.अनं. द्वितियको २६६०४, रा.प.अनं. तृतीयको २२००८, रा.प.अनं. चतुर्थको २०६७६ पुगेको छ ।

हलकाराको पाँचौ स्तरको २७४५६, चतुर्थ स्तरको २४७०८, तृतीय स्तरको २३२०८, द्वितिय स्तरको २१८२८, प्रथम स्तरको २०६७६ पुगेको छ । साथै हुलाकीहरुको पाँचौ स्तरको २६८०८, चतुर्थ स्तरको २४०६०, तृतीय स्तरको २२२२४, द्वितिय स्तरको २०८५६, प्रथम स्तरको १९८९६ पुगेको छ ।

त्यस्तै, हेभी सवारी चालक पाँचौ स्तरको ३४४१०, चतुर्थ स्तरको ३२६१६, तृतीय स्तरको ३०७२०, द्वितिय स्तरको २६९८८, प्रथम स्तरको २३८४४ पुगेको छ ।

हलुका सवारी चालकको पाँचौ स्तरको ३२६१६, चतुर्थ स्तरको ३०७२०, तृतीय स्तरको २६९८८, द्वितिय स्तरको २३८४४ र प्रथम स्तरको २२००८ पुगेको छ ।

कार्यालय सहयोगीको पाँचौ स्तरको २६५६८, चतुर्थ स्तरको २३८४४, तृतीय स्तरको २२००८, द्वितिय स्तरको २०६७६, प्रथम स्तरको १९४७६ पुगेको छ ।
सामाजिक सुरक्षाभत्तामा वृद्धको ३०००, एक महिला अल्पसंख्यक जातजातिको २ हजार पुगेको छ । बालबालिकाहरुका लागि पोषण भत्ता, सुत्केरी स्याहार खर्च, यातायात खर्चमा वृद्धि गरेको । विद्यालय जाने दलित बालबालिका र कर्णाली प्रदेशका बालबालिकाहरुका लागि छात्रवृति व्यवस्था गरेको छ ।
तराई , पहाड, हिमाली क्षेत्रमा भएका विपन्न समुदायको उत्थानका लागि कार्यक्रम अघि सारेको छ । युवाहरुलाई परिचालन गरेर समाजमा सत्भाव कायम राख्ने उदेश्य लिएको छ । युवा, महिला बालबालिका, जेष्ठ नागरिकहरुका लागि बजेट विनियोजन गरेको छ ।
कृषि, स्वास्थ्य , उर्जा, सिञ्चाई, शिक्षा, मौसम तथा बाढी पुर्वानुमान, श्रम र रोजगारी, खानेपानी तथा सरसफाई,, सञ्चार, वित्तिय सेवा, चलचित्र क्षेत्र, पर्यटन, भूकम्पपछिको पुर्ननिर्माण, जनता आवास कार्यक्रम, सडक निर्माण, २१८ वटा राष्ट्रिय आयोजना, शहरी विकास, उद्योग, सहकारी, भूमिव्यवस्थापन लगायतका क्षेत्रमा अर्थमन्त्री खतिवडाले बजेट विनियोजन गरेका छन् ।
झण्डै डेड घण्टा लामो भाषणबाट बजेट घोषणा गरिएको बजेट जनमुखि भएको प्रतिक्रिया गोरखाबाट प्राप्त भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker