देशभर आज विभिन्न कार्यक्रम गरी गणतन्त्र दिवस मनाईंदैछ ।२०६५ सालमा संविधानसभाको पहिलो बैठकबाट स्थापित गणतन्त्र आजदेखि ११ वर्ष पूरा भएर १२ औं वर्षमा प्रवेश गरेको छ । नेपाल सरकारले आज भव्यरुपमा गणतन्त्र दिवस मनाएको छ। बुधबार बिहानै सैनिक मञ्च टुँडिखेलमा सरकारले विशेष समारोह आयोजना गरी १२ औं गणतन्त्र दिवस मनाएको हो। नेपाल संघीय लोकतान्त्रिक गणतन्त्रमा प्रवेश गरेको १२ वर्ष पूरा भएको छ । दोस्रो जनआन्दोलन २०६२/६३ को जगमा भएको चुनावबाट गठित संविधानसभाको पहिलो बैठकले २०६५ जेठ १५ गते नेपाललाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो

। 

दुई सय ३८ वर्ष लामो शाहवंशीय राजपरम्परा अन्त्य भएको घोषणा भएको यो दिनलाई गणतन्त्र दिवसका रुपमा मनाइन्छ । संघीय गणतन्त्र स्थापना पछिका १२ वर्ष सोचेजति र नागरिकले आशा गरे अनुसार उपलब्धि हासिल नभएको विश्लेषकले बताएका छन् । 

यस अवसरमा देशभर विभिन्न कार्यक्रम गरिँदै छन् । २०६२र०६३ सालमा भएको जनआन्दोलनले मुलुकमा शताब्दीऔं लामो राजतन्त्रलाई समूल अन्त्य गर्दै मुलुकमा गणतन्त्र स्थापना गरेको थियो ।२०६४ सालको चैतमा सम्पन्न संविधानसभा निर्वाचन र त्यसपछि बसेको संविधानसभाको पहिलो बैठकले देशलाई संघीय लोकतान्त्रिक गणतन्त्र घोषणा गरेको थियो ।

यो घोषणासँगै राजतन्त्रका अन्तिम उत्तराधिकारी राजा ज्ञानेन्द्र शाहले नारायणहीटीबाट बिदा लिनु भएको थियो । यद्यपि, पहिलो संविधानसभाले मुलुक संघीय गणतन्त्रमा लगे पनि संविधान बनाउन भने फेरि २०७२ सालमा दोस्रो संविधानसभाको निर्वाचन गर्नुपर्‍यो ।

दोस्रो संविधानसभाले बनाएको संविधान अहिले कार्यान्वयनमा क्रममा छ । संविधान कार्यान्वयनकै क्रममा भएका तीन तहका निर्वाचनपछि मुलुकको राजनीतिक संक्रमणकाल सकिएको छ । स्थिर सरकार गठन भएसँगै मुलुक अहिले आर्थिक समृद्धिको दिशामा अघि बढ्दै गएको छ ।

गणतन्त्र स्थापना भएका ११ वर्षपछि मुलुकमा परिवर्तनका संकेतहरु देखिन थालेका छन् । जनतामा नयाँ आशा र आकांक्षा पलाएका छन् ।गणतन्त्र स्थापनापछि देशमा राजनीतिक परिवर्तनहरु संस्थागत हुँदै गए पनि जनजिविकाको सवालमा भने सोचे अनुसारको प्रगति हुन सकेको छैन ।

कर्मचारीतन्त्र र राजनीतिक नेतृत्वमा पुरानै सोच र ढर्रा देखिन थालेपछि वास्तविक परिवर्तनको चाह राख्ने जनतामा निराशा समेत छाउन थालेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker