चतुर्मालाकाे ६३ अाैं बार्षिकउत्सव सम्पन्न

गोरखाको अजिरकोट गाउँपालिका वडा नम्बर ५ मुच्चोक अवस्थित श्री चतुर्माला माविले ६३औं स्थापना दिवस मनाएको छ । बि.स. २०१४ साल जेठ १४ गते स्थापना भएको विद्यालयले जन्मोत्सव पारेर अन्तर सदनात्मक लोक नृत्य प्रतियोगिता, पुरस्कार वितरण एवम् विविध कार्यक्रमहरु संचालन गरि कार्यक्रम मनाइएको हो । विद्यालय व्यवस्थापन समितिका अध्यक्ष हरिकान्त देवकोटाको अध्यक्षता तथा अजिरकोट गाउँपालिका शिक्षा, युवा तथा खेलकुद शाखा प्रमुख सिताराम पन्तको प्रमुख आतिथ्यता तथा वडा अध्यक्ष झल प्रसाद देवकोटाको विशेष आतिथ्यतामा भएको कार्यक्रममा व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक अभिभावक संघका प्रतिनिधिहरु विभिन्न विद्यालयका प्रधानाध्यापक, शिक्षक, विद्यार्थी, अभिभावक तथा विद्यार्थीहरुको उपस्थिति रहेको कार्यक्रममा शिक्षा शाखा एवम् प्रमुख अतिथि पन्तले विद्यालयको स्थापना दिवसको उपलक्ष्यमा शुभकामना व्यक्त गर्दै शिक्षा नियमावली संसोधन भएर आएपछि शिक्षा क्षेत्रमा व्यापक परिवर्तन हुने संघ, प्रदेश र स्थानीय निकायविच अधिकारको विषयमा कन्फ्युजन भएकोले काम गर्न अन्यौल भएको स्पष्ट पार्नु भयो साथै विद्यालयहरुमा कार्यक्रम हुदा आधुनिक पाश्चात्य गितहरु भन्दा पनि लोक गीत र नृत्यलाई प्राथमिकता दिनु पर्ने उद्घोष गर्नु भयो । विद्यालयका प्रधानाध्यापक विकले विद्यालयको शैक्षिक, भौतिक, तथा आर्थिक अवस्थाबारे प्रष्ट पार्नु भएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker