११२ बालबालिकाका लागी ४ खोप केन्द्र सञ्चालन गरिने

११२ बालबालिकाका लागी ४ खोप केन्द्र सञ्चालन गरिने
रविन्द्र कंडेल
जेठ १०,
पालुङ्टार नगरपालिका वडा नंं. ७ स्थित च्याङ्ली स्वास्थ्य चौकीमा पूर्ण खोप दिगोपनाको लागी स्वास्थ्य समिति, वडा खोप समन्वय समिति, साझेदार निकायसंगको अन्तरक्रिया कार्यक्रम सम्पन्न भएको छ । स्वास्थ्य चौकी व्यवस्थापन समितिका अध्यक्ष एवं वडा नं. ७ का वडाध्यक्ष बसन्त कुमार श्रेष्ठको अध्यक्षतामा सम्पन्न कार्यक्रममा बोल्दै नगर स्वास्थ्य अधिकृत प्रदीप कुमार यादवले खोप सेवालाई प्रभावकारी बनाउनुपर्ने बताउनुभयो । कार्यक्रमको औचित्यको बारेमा प्रष्ट्याउँदै च्याङ्ली स्वास्थ्य चौकीका प्रमुख भरतराज पाण्डेले वडा नं. ७ भित्रका जन्मेदेखि १५ महिनासम्मका ११२ जना बालबालिकाहरुले खोपको सवै मात्रा पाएकाले यस वडा पूर्णखोपयुक्त वडा भएको समेत जानकारी गराउनुभयो । अन्तरक्रियामा स्वास्थ्य चौकी व्यवस्थापन समितिका पदाधिकारीहरु, शिक्षक, बुद्धिजिवी लगायत सरोकारवालाहरुको उपस्थिति रहेको थियो । साथै अन्तरक्रियाबाट वडाका वोटगाउँ, माझिगाउँ, बगर क्षेत्रलाई लक्षित गरी एक खोप केन्द्र थप गर्ने निर्णय समेत गरिएको छ । खोप केन्द्र थप गर्दा आवश्यक सामग्रीहरु वडा कार्यालय, नगरपालिका तथा नगर स्वास्थ्य कार्यालयबाट माग गर्ने समेत निर्णय गरिएको छ ।
हालसम्म यस वडाका च्याङ्ली स्वास्थ्य चौकीमा ४ गते र खत्रीटार शहरी स्वास्थ्य केन्द्र र नागरिक सचेतना केन्द्र अवण्डामा ५ गते गरी दुई दिन ३ वटा खोप केन्द्रहरु सञ्चालन भइरहेका छन् । १५ महिना मुनिका बालबालिकाहरुका लागी विभिन्न प्रकारका ११ वटा खोप लगाउनुपर्दछ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker