२१ वर्षीय युवकलाई पौडी खेल्ने क्रममा मस्र्याङ्दीले बगायो

रविन्द्र कंडेल
जेठ १०,
पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्ली निवासी २१ वर्षीया युवकको जेठ ९ गते मस्र्याङ्दी नदीमा पौडी खेल्ने क्रममा बगाउँदा बेपत्ता भएका छन् ।
पालुङ्टार ७ का महेन्द्र कुमालका छोरा विनिष कुमाल साथीहरुसंगै पौडी खेल्न जाँदा दिउँसो ३ बजे बगाएको हो । विनिष बैदेशिक रोजगारीबाट विदामा घर आएका हुन् ।
उनको खोजी कार्य ९ गते बेलुकीसम्म गरिएको भएतापनि फेला नपरेको अस्थायी प्रहरी पोष्ट विरुवाटारका इन्चार्ज मदन आचार्यले बताउनुभयो । हराएका कुमालको खोजी गर्न आज गोताखोरको सहायताले खोजी गरिने आचार्यले बताउनुभयो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker