निर्मलाकी अामा दुर्गाले बुझिन १८ लाख

बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरकी १३ वर्षीया बालिका निर्मला पन्तकी आमाले सरकारले दिने भनेको सम्पूर्ण राहत रकम बुझेकी छिन् ।

सरकारले निर्मलाको परिवारलाई क्रमस (स्थानीय ३, प्रदेश ५ र संघीय १० लाख) गरी कुल १८ लाख रुपैयाँ राहत दिने घोषणा गरेको थियो । तर, निर्मलाको परिवारले वास्तविक हत्यारा सार्वजनिक नहुँदासम्म राहत नबुझ्ने अडान लिदै आएका थिए ।

तीन सरकारले घोषणा गरेको राहत तीन चरणमा निर्मलाकी आमा दुर्गाले बुझेकी छिन् । उनले संघीय सरकारले दिएको १० लाख रुपैयाँ फागुन महिनामा, सुदूरपश्चिम प्रदेश सरकारले दिएको पाँच लाख जेठ पहिलो सातामा र स्थानीय सरकार भीमदत्त नगरपालिकाले घोषणा गरेको तीन लाख वैशाख महिनामा बुझेकी छिन् । घटना भएको ११ महिनापछि उनले राहत स्वरुप पाएको सबै रकम बुझेकी छिन् । तीनै सरकारबाट प्राप्त भएको रकम निर्मलाकी आमा दुर्गाको खातामा जम्मा गरिएको छ ।

‘मैले तीनै सरकारले घोषणा गरेको रकम बुझिसकेकी छु, ‘दुर्गाले भनिन, ‘त्यो रकम बाँकी दुई छोरीको भविष्य निर्माणमा खर्च गर्नेछु ।’ साथै, केही रकम निर्मलाको सम्झनामा खर्च गर्ने सोच बनाएकी उनले बताइन् ।

निर्मलाको सम्झनामा भीमदत्त नगरपालिका २ को वडा समितिले निर्मला अध्ययनरत सरस्वती माध्यामिक विद्यालयमा बाल उद्यान पार्क निर्माण गरिरहेको छ ।

घटनाबारे नुसन्धान जारी रहेको प्रहरीले जनाएको छ । अनुसन्धानका लागि केन्द्रीय अनुसन्धान ब्यूरो, प्रदेश र स्थानीय प्रहरी खटिएको जिल्ला प्रहरी कार्यालय कञ्चनपुरले जनाएको छ ।

गत साउन १० मा साथिको घरमा गृहकार्य गएकी भीमदत्त नगरपालिका २ उल्टाखामकी निर्मलाको ११ साउनमा बलात्कारपछि हत्या भएको अवस्थामा उखुबारीमा शव फेला परेको थियो ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker