कृपया आफ्नै छोरी बहिनी सम्झेर शेयर गरिदिनुहोला, तपाईंको १ शेयरले ठूलो सहयोग हुनेछ ।

रविन्द्र कंडेल

पालुङ्टार नगरपालिका वडा नं ७ च्याङ्ली सतीघाट कालामाटा निबासी बुद्धि कुमाल र निर्मला कुमालकी १३ वर्षीया छोरी सुमित्रा कुमाल २०७५ चैत्र २४ गतेदेखि बेपत्ता भएको र हालसम्म पनि सम्पर्कमा नआएको हुँदा खोजीतलासीका लागी सवैले सहयोग गरिदिनुहोला ।
कसैले देखे भेटेमा सम्पर्क गरिदिनुहोला ।

२०७५ चैत्र २४ गतेका दिन घरबाट मामाघर जान भनी हिडेकी सुमित्रा घरमा ४, ५ दिनसम्म सम्पर्कमा नआएपछि खोजीतलासी शुरु भयो । फलस्वरुप अस्थायी प्रहरी पोष्ट बिरुवाटारको पहलमा निज कुमाल सँग सम्पर्क भएको भनिएका काठमाण्डौ नारायणथान घर भई हाल दासढुङ्गास्थित होटलमा काम गर्ने रविन पुडासैनी लाई गिरफ्तार गर्यो । पुडासैनीको बयान अनुसार १ रात दासढुङ्गाको एक होटलमा राखेर भोलिपल्ट चितवन जाने मेजिक मा चढाएर पठायो । त्यसपछि घरबाट खोजी गर्ने क्रममा फोन गरी सर्मिलाले म एक जंगलमा असुरक्षित अवस्थामा छु । बाँचे भने फेरी सम्पर्क गर्छु भनी फोन काटियो । केही दिनसम्म फोन सम्पर्क हुँदासम्म कहिले काठमाण्डौ, कहिले चितवन छु भन्ने गरेको र कहिले अव घर आउँदै छु डुम्रे आइपुग्न लागें भनेकी सर्मिला त्यसपछि अहिलेसम्म सम्पर्कमा रहेकी छैनन् । प्रहरीले निज पुडासैनीलाई तारेखमा छाडेको छ । जेठ ८ गते दुवै पक्षलाई प्रहरीले जिल्ला प्रहरी कार्यालल गोरखामा झिकाई छलफलपछि सवै तर्फबाट खोजी गर्ने सहमतिका साथ छोडिएको मुद्धा शाखाका हवल्दार ले जानकारी दिनुभयो ।
हवल्दारका अनुसार पुडासैनीपछि सर्मिलासंग सम्पर्कको आशंका गरिएका अन्य केहीलाई पनि चितवन प्रहरीले अनुसन्धानको दायरामा ल्याएको छ ।
डेढ महिना बितिसक्दा समेत हराएकी बालिकाको केही पत्तो नलाग्नुमा केही रहस्य लुकेको पो छ कि भन्ने आशंका बढन थालेको परिवारजन बताउँछ ।
सर्मिला स्थानीय जीवन ज्योति मा वि मा कक्षा ६ मा अध्ययनरत थिइन् ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker