प्रहरीले गर्यो ५ सय लिटर घरेलु मदिरा नियन्त्रण

ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले ५ सय लिटर घरेलु मदिरा निएन्त्रण गरेको छ । ईलाका प्रहरी कार्यालय ठाँटीपोखरुले घरेलु मदिराका कारण हिंसाका घटनाहरु बढेको भन्दै अबैध रुपमा होटल र खाजा पसलहरुबाट घरेलु मदिराको कच्चा पदार्थ सहित घरेलु मदिरा नियन्त्रण गरेको हो । नपाले सरकारको घरेलु मधिरा नियन्त्रण गर्ने पोलिसिका आधारमा आफुहरुले अपरेशन सुरु गरेको इलाका प्रहरी कार्यालयका प्रहरी निरिक्षक रोशन राज पाण्डेयले जानकारी दिएका छन् । पछिल्लो समय घरेलु हिंसाका घटनाहरु बढेका कारण पहिलो चरणमा घरेलु मदिरालाई नियन्त्रणमा लिईएको र त्यस पछि आफुहरुले समाजिक जनचेतनाको कार्यक्रम अघि बढाउने योजना बनाएको प्रहरी निरिक्षक पाण्डेयको भनाई छ । पछिल्लो समयमा बढेका सामाजिक अपराधका घटनाहरुले बिकराल रुप लिएका कारण आफुहरुले पहिलो चरणमा यो अभियान सुरु गरिएको र यो अभियानले समुदायमा हुनेगरेका अपराधिक क्रियाकलापमा कमि आउने विश्वास व्यक्त गरेका छन् ।
ईलाका प्रहरी कार्यालय ठाँटीपोखरीले नगरपालिकाको वडा नं. ४ र ५ का बजारहरु हवाई ग्राउन्ड, राधाकृष्ण चोक, ठाँटीपोखरी बजार, बाह्रपिर्के, लगायतका बजारहरुबाट नियन्त्रणमा लिएको ५ सय लिटर मदिरालाई नस्ट गरेको छ । प्रहरीले पालुङटार नगरपालिका वडा नं. ५ का वडा अध्यक्ष दिपक पाण्डे, न्यायिक समितिका सदस्य समेत रहेका वडा नं. ३ का वडा सदस्य रविन्द्र अधिकारी लगायतको उपस्थितिमा उक्त मदिरालाई नस्ट गरेको हो । उक्त ५ सय लिटर मदिरालाई नियन्त्रणमा लिएर नस्ट गरिसके पछि प्रहरीले आगामी दिनमा घरेलु मदिरालाई बिक्रि बितरणमा रोक लगाउने र आगामी दिनमा कसैले बिक्रिबितरण गरेमा कार्बाइको दायरामा ल्याउने जनाएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker