बिरुवाटारका पसलहरुमा अनुगमन, अवैध मदिरा तथा म्याद गुज्रेका खाद्यसामग्री जफत

रविन्द्र कंडेल
अस्थायी प्रहरी पोष्ट बिरुवाटार र पालुङटार नगरपालिका वडा नं. ७ कार्यालयले संयुक्त रुपमा बिरुवाटारका पसलहरुमा अनुगमन गरी अवैध घरेलु मदिरा तथा म्याद गुज्रेका खाद्यसामग्रीहरु नियन्त्रण गरेको छ । घरेलु मदिराका कारण हिंसाका घटनाहरु बढेको भन्दै अबैध रुपमा होटल र खाजा पसलहरुबाट घरेलु मदिराको कच्चा पदार्थ सहित घरेलु मदिरा नियन्त्रण गरेको अस्थायी प्रहरी पोष्ट बिरुवाटारका प्रमुख मदन आचार्यले बताउनुभयो । नेपाल सरकारको घरेलु मदिरा नियन्त्रण गर्ने पोलिसिका आधारमा आफुहरुले अपरेशन सुरु गरेको आचार्यले जानकारी दिएका छन् । पहिलो चरणमा बिरुवाटारका केही पसल तथा होटलहरुमा अनुगमन गरिएको र अनुगमनका क्रममा विभिन्न होटल तथा खाजा पसलहरुबाट गरी करीब १५ लिटर घरेलु मदिरा नष्ट गर्नुका साथै म्याद गुज्रेका खाद्यपदार्थहरु समेत नियन्त्रणमा लिइएको बताइएको छ । नगरपालिका र इलाका प्रहरी कार्यालय ठाँटीपोखरीको निर्देशनमा अनुगमन थालिएको र अनुगमनलाई अव निरन्तरता दिने अस्थायी प्रहरी पोष्ट बिरुवाटारका आचार्यले बताए ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker