नगर प्रहरी छनाैटकाे बिषयलाई लिएर तालाबन्दी

तनहुँको भानु नगरपालिकामा नगर प्रहरी छनोट प्रक्रियामा अनियमितता भएको भन्दै स्थानीयवासीले कार्यालयमा आइतबार तालाबन्दी गरेका छन् । छनोट प्रक्रिया विपरित अयोग्य उम्मेदवारलाई उत्तीर्ण गराएको भन्दै उनीहरुले नगरपालिकाको कार्यालयमा तालाबन्दी गरी कार्यालय परिसरमा नारावाजी समेत गरेका थिए । यसै विषयलाई लिएर शुक्रबार समेत कार्यालयमा तालाबन्दी गरेका स्थानीयवासीले पुनः आइतबार पनि तालाबन्दी गर्न आएका थिए । स्थानीयवासीले लगाएको ताला प्रहरीले शुक्रबार बल प्रयोग गरेर खुलाएको थियो ।

यस्तै, भानु नगरपालिकाका प्रमुख उदयराज गौलीले विधि र प्रक्रिया पुर्‍याएरै नगर प्रहरी छनोट गरिएको बताएका छन् । परीक्षामा नाम ननिस्किएपछि धाँधली भयो भन्नु गलत रहेको उनको भनाई छ। स्थानीय मिना कुमारी श्रेष्ठको अध्यक्षतामा संघर्ष समिति खडा गरी छनोट प्रक्रियामा अनियमितता गरिएको भन्दै आन्दोलनमा उत्रिएका छन् । अध्यक्ष श्रेष्ठद्वारा जारी विज्ञप्तिमा नगर प्रहरी सहायक पदमा पुर्का तामाङ्ग र रन्जित श्रेष्ठ बिच प्रतिस्पर्धा रहेको थियो । खुल्ला रुपमा शारिरिक परिक्षा, लिखित परिक्षा र अन्तवार्तामा समेत सबैलाई पराजित गरेर अग्रस्थानमा आएका रन्जितको नाम नभई सबै परिक्षामा कमजोर सावित भएका पुर्काको नाम प्रकाशित भएको भनिएको छ ।

नगरपालिकाबाट परिक्षाको नतिजा प्रकाशनमा अनिमियता भएको र उक्त छनोट प्रक्रिया नसचिएसम्म न्यायको माग गर्दै आन्दोलनमा उत्रने संघर्ष समितिले चेतावनी दिएका छन् । यस्तै, स्थानीय तह कर्मचारी संघ भानु नगरपालिकाका अध्यक्ष शंकर रानाभाट र सचिव जीत बहादुर घर्तिले संयुक्त हस्ताक्षेर गरी जारी गरेको विज्ञप्तिमा कार्यालयका कर्मचारीका विरुद्ध झुठ, कपोलकल्पित चरित्रहत्य गर्ने कार्य भएको उल्लेख गरिएको छ ।

विज्ञप्तिमा कार्यालयमा घेरावन्दी, नाराजुलुस, तालावन्दीका कारण कर्मचारीलाई जनताको सेवा गर्न कठिनाई भएको र कार्यालयको दैनिक कार्यसम्पादनमा अवरोध गरी तालाबन्दी गर्ने तथा चरित्र हत्या गर्नेलाई कारवाहीको दायारामा ल्याउन माग गरिएको छ । कर्मचारी संघले यस्ता कार्य दोहोरीएमा र कारवाही नभएमा भानु नगरपालिकाका कर्मचारीहरु कामकाज छाडी कलम बन्द गर्न बाध्य हुने विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker