गण्डकी गाउँपालिकाको लामो समयदेखिको केन्द्र विवाद टुंगो लागेको छ

गोरखा, ३० बैशाख । गण्डकी गाउँपालिकाको लामो समयदेखिको केन्द्र विवाद टुंगो लागेको छ । आज सोमवार बसेको गाउँपालिकाको गाउँ कार्यपालिका बैठकले गाउँपालिकाकाको केन्द्र भुम्लिचोक-६ को बटारमा राख्ने निर्णय गरेको हो ।

गाउँ कार्यपालिकाको बहुमतले केन्द्र भुम्लिचोक-६ को वनटारमा राख्ने निर्णय गरेको नेकपाका प्रदेश सदस्य दीपक तिम्लसिना ‘साकार’ ले गण्डकी टाइम्सलाई जानकारी दिए ।

यसमा नेपाली कांग्रेसले भने असन्तुस्टी जनाएको छ । गाउपालिकाले बैठक निर्णयको माइनुट भने नउठाएको श्रोतले जानकरी दिएको छ । यस विषयमा भोलि पुन: बैठक बस्ने बताइएको छ ।

गण्डकी गाउँपालिकाको केन्द्रको बिषयमा गाउँपालिकाका दुई खेमामा विभाजित हुदै आएको थियो । गाउँपालिकाका अध्यक्ष होमबहादुर रानामगरले केहि दिन अघिमात्र गाउँपालिकाको हालकै अस्थायी केन्द्र रहेको ठाउमा राख्न डोजर समेत चलाएका थिए ।

 

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker