वडा अध्यक्ष पोख्रेलद्वारा विद्यालयलाई आर्थिक सहयोग

सामुदायिक विद्यालयको शैक्षिक गुणस्तर वृद्धि गर्ने लक्ष्यका साथ तनहुँको बन्दीपुर गाउँपालिका वडा नं. १ का अध्यक्ष भानुभक्त पोख्रेलले आर्थिक सहयोग उपलब्ध गराउनु भएको छ । अध्यक्ष पोख्रेलले आफुले पाउने तलब बापतको मासिक १० हजार रुपैयाँका दरले वडाका तीन वटा प्राथमिक विद्यालयलाई आर्थिक सहयोग गर्ने हुनुभएको हो । अध्यक्ष पोख्रेलले आफ्नो अभियान अन्तरगत पहिलो चरणमा बुधबार वडा नं. १ को जनता प्राथमिक विद्यालय उपल्लोफाँटलाई ५० हजार रुपैयाँ रकम हस्तान्तरण गर्नु भएको छ । विद्यालय ब्यबस्थापन समितिका अध्यक्ष राजु घिमिरे र प्रधानाध्यापक माधब पोख्रेललाई रकम हस्तान्तरण गर्दै अध्यक्ष पोख्रेलले यस प्राथमिक तहको शैक्षिक विकासका लागि आफुले पाउने सेवा सुविधा बापतको केही रकम विद्यालयलाई सहयोग गर्ने अभियान सञ्चालन गरेको बताउनुभयो । उनले जनप्रतिनिधिहरु कमाउ धन्दामा मात्र ध्यान नदिई शिक्षा, स्वास्थ्य तथा अन्य सामाजिक क्षेत्रमा पनि ध्यान पु¥याउन सन्देश पुगोस् भन्ने उद्देश्यले यो अभियान सञ्चालन गरेको बताउनुभयो । वडाका जनता प्रावि , भँगेरी प्रावि र ज्योति प्रावि गरी तीन वटा प्राथमिक विद्यालयलाई आफुले पाउने सुबिधाबापतको रकमबाट दैनिक आधारभूत आवश्यकतामा हुने खर्चमा कटौटी गर्दै मासिक १० हजार रुपैयाँका दरले एक वर्षमा १ लाख ३० हजार रुपैयाँ उपलब्ध गर्ने योजना बनाएको वडाअध्यक्ष पोख्रेलले बताउनुभयो । साथै सोहि अवशरमा वडा सदस्य टेकबहादुर रानाले विद्यालयलाई सिलिन्डर र ग्यास चुलो खरिदका लागि ४ हजार प्रदान गर्नु भएको थियो । हाल उक्त जनता प्राथमिक विद्यालयमा ३४ जना चेपाङ्ग बालिबालिका सहित ७२ जना विद्यार्थी अध्ययनरत छन ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker