मित्रतामा अाजदेखि रनिङ शिल्ड शुरू

रविन्द्र कंडेल

बैशाख २६ गते ।

अांबुखैरेनी गाउँ पालिका स्तरीय रनिङ शिल्ड प्रतियोगिता अाजबाट शुरू भएकाे छ । बिद्यालय ब्यवस्थापन समितिका अध्यक्ष भीष्मकान्त गाैलीकाे अध्यक्षतामा सम्पन्न उदघाटन समारोहमा गाउँपालिकाका अध्यक्ष गिर बहादुर थापाले प्रमुख अतिथिकाे रूपमा बाेल्दै खेलकाे बिकासमा सहयाेग गर्ने प्रतिबद्धता व्यक्त गर्नुभयो । बिद्यालयका प्रधानाध्यापक ध्रुबराज अधिकारीले स्वागत मन्तव्य राख्नुभएको थियाे भने शिक्षक कमल सापकोटाले गितमार्फत खेलकाे बिकास गर्नुपर्ने सन्देश सहित स्वागत गर्नुभएको थियाे । कार्यक्रममा शिक्षक अभिभावक संघका अध्यक्ष हरि प्रसाद काराखेती, जिल्ला खेलकुद विकास समिमिका प्रतिनिधि, गाउँपालिकाका प्रमुख प्रशासकिय अधिकृत लगायतकाकाे उपस्थिति रहेकाे थियाे ।

अाज बिद्यालयमा १५०० मिटर दाैड, १०० मिटर दाैड, भलिबल लगायतका खेलहरू भएका छन् ।

३ दिनसम्म सञ्चालन हुने खेलकाे समापन समारोह  २८ गते हुनेछ । खेलमा गाउँपालिका भित्रका सामुदायिक र संस्थागत गरी ११ बिद्यालय काे सहभागिता रहेकाे छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker