पालुङटारमा एनसिसिको पहिलो एटिएम संञ्चालन

सुजन न्याैपाने, गाेरखा ।

नोपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसिसि) पालुङटार शाखाले पालुङटार नगरपालिका भित्रनै पहिलो एटिएम संञ्चालनमा ल्याएको हो । २०७६ बैशाख ०२ गतेबाट आफ्नो ब्याङकिङ कारोबार संञ्चालनमा आएको उक्त बैकले यहि बैशाख १२ गतेबाट एटिएम संञ्चालनमा ल्याएको नोपाल क्रेडिट एण्ड कमर्स बैक लिमिटेड (एनसिसि) पालुङटार शाखाका म्यानेजर विनय अधिकारीले जानकारी दिए । उनले भने पालुङटार सम्भावना बोकेको नगपालिका हो, यस नगरपालिकामा बढ्दो विकासलाई मध्यनजर गर्दा हामिले एटिएम मेसिनको आवश्यकता महशुस गरेऔँ त्यसअनुसार एटिएम संञ्चालनमा ल्यएका हौँ । सार्वजनिक विदा, बन्दको दिन तथा विहान बेलुकीको समयमा पनि अब जनताले सजिलै एटिएमको प्रयोग गर्न सक्ने पनि उनले बताएका छन् । पालुङटारमा बाहिरबाट आउने साथै घुम्नका लागि आउने प्रर्यटकका लागि पनि एटिएमले अहिले सहज बनाएको छ । नगरपालिका परिसरमा एटिएम मेसिन राखिएको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker