ने. क. पा. का जिल्ला इन्चार्ज र सचिव पक्राउ

रविन्द्र कंडेल

२२ वैशाख, गोरखा । नेत्र विक्रम चन्द विप्लव नेतृत्व नेकपाका जिल्ला इन्चार्ज योगेन्द्र कुमाल र जिल्ला सेक्रेटरी कपिल भट्ट पक्राउ परेका छन् ।

पालुङटार नगरपालिका–७ खोलाघाटबाट आइतवार साँझ  करीब ५ बजे उनीहरुलाई पक्राउ गरिएको हाे । अस्थायी प्रहरी पाेष्ट बिरूवाटार र जिल्ला प्रहरी कार्यालय गोरखाकाे गस्ती टाेलीले पक्राउ गरेकाे हाे ।

पक्राउ गर्ने क्रममा दुवै पक्षका सामान्य घाईतेसमेत भएकाे  एस पी भोला रावलले बताउनुभयाे।

तानातानको क्रममा लडेर जिल्ला सेक्रेटरी भट्ट र एकजना प्रहरी जवान घाइते भएका छन् । भट्टको खुट्टा भांचिएकाे हुनसक्ने अनुमान गरिएकाे छ भने केही   प्रहरी जवानको हात र खुट्टामा चाेट लागेकाे बताईएकाे छ ।   ४७ बर्षका कुमाल गोरखा नगरपालिका दश किलोका हुन् भने ३७ बर्षका भट्ट भिमसेन थापा गाउँपालिका मसेलका हुन् ।

उनीहरुलाई अस्थायी सांझ नै जिल्ला पठाईसकिएकाे अस्थायी प्रहरी पाेष्ट बिरूवाटारले जनाएकाे छ । उनीहरूकाे साथबाट पर्चा, पाेष्टर, क्यालेन्डर, चन्दा रसिद  लगायतका सामग्रीहरू समेत बरामद गरेकाे छ ।

यस अघि प्रहरीले विप्लव समूहका अन्य दुई जना कार्यकर्ता गाेरखाबाट पक्राउ गरिसकेको छ ।

Leave a Reply

Your email address will not be published. Required fields are marked *

Back to top button
Close
Close

Adblock Detected

Please consider supporting us by disabling your ad blocker